» » राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

सुनसरी असोज २० गते । सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् ।

पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहँुदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिनुभयो ।

राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..