» » अमेरिकी मधेशीद्धारा सहिद परिवारलाई सहयोग

राजविराज, असोज २१ गते । अमेरिका स्थित मधेशी समाज (डिएफडब्लु) नामक संस्थाद्वारा तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई शुक्रवार आर्थिक सहयोग उपलब्ध गराईएको छ  ।
   
संस्थाका एरिया को–अर्डिनेटर शशी यादवको नेतृत्वमा आएको टोलीले मलेठका सञ्जन मेहता, मलेठकै पीताम्बर मण्डल, विरेन्द्र महतो र इटहरी विष्णुपुर गाउँपालिका–१ का ईनर यादवका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ ।

यसैगरी टेङ्गरीका शहीद आनन्द कुमार साहका परिवारजन बाहिर रहेकोले केही दिनभित्रै घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिने को–अर्डिनेटर यादवले जानकारी दिनुभएको छ ।

    अमेरिकामा कार्यरत मधेशी समुदायद्वारा संकलन गरिएको उक्त सहयोग शहीद परिवारको घरमै पुगेर उपलब्ध गराईएको छ ।

सहयोग रकम हस्तान्तरण गर्नकालागि नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, मधेशी इन्जिनियर्स स्टुडेन्ट युनियनका उपाध्यक्ष ओमनारायण यादव, सदस्यद्वय सन्तोष कुमार साह, राजकुमार यादवसमेतको व्यक्तिहरु शहीद परिवारको घर पुग्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..