» » राजपा नेपालबाट दिपेन्द्र झाको नाम समानुपातिकमा सिफारिश

काठमाडौ असोज २३ गते । कानुन व्यवसायी एवं अधिकारकर्मी दिपेन्द्र झाको नाम महोत्तरीबाट प्रतिनिधिसभामा समानुपातिकमा सिफारिश भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल महोत्तरीका असोज २२ गते बसेको बैठकले उहाँको नाम सिफारिश गरेको छ । महोत्तरी क्षेत्र नम्बर दुईबाट शरतसिंह भण्डारीको नाम सिफारिश भएको छ भने दिपेन्द्र झा लगायत अन्य दुईजनाको नाम सिफारिश भएको छ ।

अधिवक्त झाले मानव अधिकारको क्षेत्रमा थर्ड एलाइन्स समाजिक संस्था चलाइरहनु भएको छ । एउटा तराई ल एशोसिएशन पनि खोल्नु भएको छ । यी दुई संस्थाबाट मधेशको एजेण्डा र मुद्दाका लागि निकै सक्रिय रहनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..