» » राजपा नेपाल र फोरम नेपालबीच भएका सहमतिको दस्तावेज यस्तो छ


 मिति ः २०७४÷६÷२०
प्रेस विज्ञप्ति
नेपाली जनताले लामो समयदेखि गर्दै आएको कठोर संघर्ष, त्याग र वलिदान—ऐतिहासिक मधेश जनविद्रोह, सशस्त्र संघर्ष, जनआन्दोलन, आदिवासी जनजाति लगायतका आन्दोलनबाट प्राप्त उपलब्धिहरू खासगरी– सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय पहिचान, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता आदिलाई राजनीतिक एवम् संवैधानिक रुपले संस्थागत एवम् सुदृढ गर्न संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, शिल्पी÷दलित, महिला, मुस्लिम, थारु, खस, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायतका बहिष्करण तथा वन्चितिकरणमा पारिएका वा परेका समुदायहरूको आर्थिक, राजनीतिक, सामाजिक–साँस्कृतिक तथा भाषिक अधिकारका साथै समानताका हक र राज्यको हरेक क्षेत्र, तह र अंगहरूमा समानुपातिक समावेशिकरण र साझेदारी तथा सामाजिक न्याय प्राप्तिका साथै यी समुदायहरूमाथि शताब्दियौँदेखि कायम रहेको सवै खाले असमानता, विभेद, भेदभाव एवम् उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि  सङ्घीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल एक आपसमा सहकार्य गर्दै आगामी हुने प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रूपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टी÷दलहरूसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रूपले सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको छ ।


   ............................                                 ................................
       उपेन्द्र यादव   महन्थ ठाकुर अध्यक्ष                                                                                                             संयोजक, अध्यक्षमण्डल
सङ्घीय समाजवादी फोरम, नेपाल       राष्ट्रिय जनता पार्टी नेपाल

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..