» » समानुपातिकका लागि मनिषको नाम सिफारिश

काठमाडौ असोज २४ गते । राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनका अध्यक्ष तथा पार्टीको केन्द्रीय पदेन सदस्य रहनु भएका मनिष मिश्र प्रदेशसभाका लागि सर्लाहीको निर्वाचन क्षेत्र ४ वाट सिफारिश हुनुभएको छ ।

सर्लाही राजपा नेपाल अध्यक्ष मण्डलका बैठकले उहाँको नाम सिफारिश गरेको बताइएएको छ ।

विद्यार्थी राजनीतिमा लामो समयदेखि लाग्नु भएका मिश्रले मधेश आन्दोलनमा सक्रिय भएर लाग्नुभएको थियो । काठमाडौ केन्द्रीत आन्दोलन हुँदा प्रहरीसँगको झडपमा पटक पटक पर्नुभएका मिश्रले वैज्ञानिक शिक्षामा जोड दिनुभएको छ ।

दुई नम्बर प्रदेश धेरै सम्भावना भएको प्रदेश भएका हुनाले नै आफूले केन्द्रभन्दा प्रदेशलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

उहाँको समाजिक काममा पनि त्यतिकै योगदान रहेको छ । तमलोपा नेपालको स्थापनाकालदेखि नै विद्यार्थी राजनीतिकमा लाग्नुभएका मिश्र भुकम्प, बाढी, आगलागी जस्ता दैवी प्रकोपमा राहत वितरणदेखि लिएर अन्य सहयोगका लागि अगुवाई पनि गर्नुहुन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..