» » स्कुटर फुटाएका पत्रकारलाई क्षतिपूर्ति दिने सहमति


राजविराज, असोज १७ गते । सामुदायिक रेडियो छिन्नमस्ता एफएमकी स्टेशन म्यानेज प्रिया सिंह थारुको स्कुटरमा गरिएको तोडफोडको विषयमा सम्वद्ध पक्ष बिचको आपसी सहमतीमा मङ्गलवार समाधान भएको छ ।
       
मुहर्रम पर्वका अवसरमा आइतवार कला प्रदर्शनमा सहभागी मुस्लिम युवाहरुको एक समूहले पत्रकार प्रिया सिंह थारुको स्कुटरमा तोडफोड गरी क्षति पुर्याएका थिए ।

सोही विषयमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको पहलमा उक्त समस्या समाधान भएको हो । महासंघका अध्यक्ष जितेन्द्र खड्गा, उपाध्यक्ष श्यामसुन्दर यादव, सह–सचिव चन्दन यादवको विशेष पहलमा पत्रकार थारु सम्वन्धि विवाद टुङ्गिएको छ ।
     
 छिन्नमस्ता एफएमको बैठक कक्षमा महासंघका उपाध्यक्ष यादवको विशेष उपस्थितिमा सम्पन्न छलफलमा पत्रकार थारुको स्कुटरमा भएको तोडफोडको घटनाप्रति दुःख व्यक्त गर्दै गल्तीप्रति क्षमायाचना आगामी दिनमा यस्ता घटना दोहोेरिन नदिन सचेत रहने प्रतिवद्धता पीडकपक्षको तर्फबाट व्यक्त गरिएको छ ।

तोडफोड भएको स्कुटर शो रुममा लगी मर्मत सम्भार गराउने तथा त्यसमा लाग्ने सम्पूर्ण खर्च राजविराज नगरपालिका–२ का मुहर्रम टोलीले उपलब्ध गराउने तथा एक–आपसमा पूर्ववत सद्भाव एवम् सम्वन्ध कायम रहने सहमती भएको उपाध्यक्ष श्यामसुन्दुर यादवले जानकारी गराउनुभयो ।

       छलफलमा छिन्नमस्ता एफएमका सञ्चालक एवम् पूर्व अध्यक्ष शैलेन्द्र प्रसाद साह, युसुफ अलि, वडा सदस्य मुन्ना खान, लाल मोहम्मद, सगीर शेख, मो. अफजल राइन, पीडित पत्रकार प्रिया सिंह थारु समेतको उपस्थिति थियो ।

राजविराज नगरपालिका वडा नम्वर–३ कञ्चनपुर रोड भएर घरतर्फ गईरहेको अवस्थामा भालाले स ७ प ३६८२ नम्वरको स्कुटरमा हान्दा अगाडिको भाग क्षतिग्रस्त भएको थियो । आफु पत्रकार भएको बताएपछि स्कुटरमा प्रेस लेखेको देखेर उक्त समूह बाटो लागेका थिए ।

सामुदायिक रेडियो छिन्नमस्ता एफएमकी स्टेशन म्यानेजर समेत रहनु भएको उहाँ एफएमको काम सकाएर घरतर्फ जाने क्रममा साँझ करिब ४.४५ बजेको समेत स्कुटरमा तोडफोड गरिएको थियो ।
   
  घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले  जानकारी पाए लगत्तै प्रहरी टोली परिचालन गरेका थिए । उक्त टोली क्षतिग्रस्त स्कुटरको अवस्थासहित पीडकको पहिचान गर्ने काम गरेको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..