» » वाम एकताको टक्करमा देउवाले बनाउनुभयो प्रजातान्त्रिक समूह

काठमाडौ असोज १८ गते । माआवादी केन्द्र, एमाले र नयाँ शक्तिले हिजो एकताको प्रकृयासँगै चुनावी तालमेलका लागि वाम शक्तिको घोषणा गरेको थिया ।

त्यसको भोलीपल्ट अर्थात आज नेपाली काँग्रेसले पनि छवटा दलको प्रजातान्त्रिक समूह खडा गरि चुनावी तालमेल गर्ने भएको छ ।

बालुवाटारमा आज अवेर रातीसम्म चलेको बैठकले चुनावका लागि प्रजातान्त्रिक विचार समूहका दलहरु चुनावमा तालमेल गरेर जाने निर्णय गरेको हो ।

 सो समूहमा काँग्रेससहित, उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, महन्थ ठाकुर नेतृूत्वको राष्ट्रिय जनता पार्टी नेपाल, पशुपति शेम्शेर नेतृत्व र कमल थापा नेतृत्वको दुईटै राप्रपा गरि छ दल रहेका छन् ।

केन्द्र र प्रदेशको चुनावमा कसरी तालमेल गर्ने विषयमा छलफल गर्नका लागि सात सदस्यीय एक समिति बनाएको बैठकमा सहभागि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी गराउनुभयो ।

लोकतन्त्रको रक्षाका लागि यो गठबन्धन बनेको अध्यक्ष यादवले जानकारी गराउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..