» » बाराबाट जितेन्द्र सोनलको नाम सिफारिस

बारा असोज २१ गते । राष्ट्रिय जनता पार्टी नेपाल बाराले क्षेत्र नम्बर चारका लागि प्रत्यक्षमा प्रतिनिधिसभाका लागि जितेन्द्र सोनलको नाम केन्द्रलाई सिफासिरश गरेको छ ।

उहाँसँगै अरु दुईजनाको नाम रहेको छ । सीताराम गुप्ता र अशोक साहको नाम पनि सिफारिस भएको छ । जितेन्द्र सोनल पहिलो सविधानसभा चुनावमा त्यही क्षेत्रबाट चुनाव जित्नुभएको थियो । अहिले त्यो क्षेत्रमा केही हेरफेर भएको छ ।

दोस्रो सविधानसभामा चुनाव हार्नुभएका जितेन्द्र सोनल पछिल्लो समय त्यहाँ निकै मेहनत गर्नुभएको छ । स्थानीय तहको चुनावमा पनि राजपा नेपालको राम्रो उपलब्धी गराउन सफल जितेन्द्र सोनल राजपा नेपालका महासचिव हुनुहुन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..