» » नथुनी यादवले दिनुभयो फोरम नेपालबाट राजिनामा

सिरहा कात्तिक ७ गते । संघिय सनजवादी फोरम नेपालाका नेता नथुनी यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट आज राजिनामा दिनु भएको छ ।

उहाँले हालै बन्नु भएका गाउँ कमिटीका अध्यक्ष शिवजी यादव समक्ष राजिनामा दिनु भयो ।

 शिवजी यादव स्थानीय तहको औरही गाउँ पालिकामा हार्नु भएको हो ।

औरही गाविसका पार्टी अध्यक्ष रहि सक्नु भएका नथुनीले पार्टीका जिम्मेवार व्यक्तिले पार्टीमा मनोमानि गरेको आरोप लगाउनु भएको छ ।

स्थानीय चुनावमा उम्मेदवार चयन गर्दा कुनै सल्लाह नगरि पार्टी नेतृत्वले जथाभावी टिकट वितरण गरेकोआरोप उहाँको छ ।

उहाँले भन्नुभयो, गाउँस्तरका टिकट पनि केन्द्रबाट फाइनल हुने तर हामी गाउँ इकाईमा हुँदा कुनै जानकारी नहुने यो कस्तो पार्टी हो आफै बुझ्नुस् ।

साथै इटाटार गाविसका श्रवण यादव, वेद्यनाथ यादव, शिवु सदायले पनि राजिनामा दिनुभएको छ ।

उहाँहरू पनि पार्टीले जथाभावी, मनपरि गरेर इमानदार तथा मधेस आन्दोलनमा संघर्ष गरेका नेता तथा कार्यकर्तामाथी अन्याय गरेको आरोप लगाउनु भयो ।
यी गाउँहरू फोरमका केन्द्रीय कोषाध्यक्ष रहनु भएका विजय यादव जसले प्रतिनिधि सभामा चुनाव लड्ने क्षेत्र नम्बर दुईका हुन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..