» » त्रिपाठीले राजपा नेपालबाट विद्रोह गरि एमालेबाट चुनाव लड्ने

काठमाडौ असोज १६ गते । राष्ट्रिय जनता पार्टी नेपालमा शुरुदेखि असन्तुष्ट रहदै
 आउनु भएका ह्रदयश त्रिपाठीलगायत पश्चिमका केही नेताहरु राजपा नेपाल छाडेर
 एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँले आफ्नो समूहलाई स्वतन्त्र राजनीतिक समूह भनिएपनि अन्ततः चुनावपछि एमालेमा प्रवेश गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

नभए किन यो अवस्थामा सूर्यकै चुनाव चिन्हबाट चुनाव लड्न किन रिस्क लिन्थ्यो र स्रोतको दावी छ ।
 
लामो समय तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका त्रिपाठीको नेतृत्वमा रहेको ‘स्वतन्त्र राजनीतिक समूह’का नेताहरु सूर्य चिन्हमा चुनाव लड्ने टुंगो भएको हो ।

त्रिपाठीसहित बीके गुप्ता, पशुपतिदयाल मिश्र र जगदीश शुक्ला सूर्य चिन्हमा चुनाव लड्ने भएका हुन् ।

हृदयेश नवलपरासी, बीके र ईश्वरदयाल कपिलवस्तु, पशुपतिदयाल र जगदीश बाँकेबाट चुनाव लड्ने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको उपस्थितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट पाँचै जना नेताले संयुक्त हस्ताक्षर गरेका छन् ।

दुवै पक्षबीच भएको दुई बुँदे सहमतिमा स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताहरु आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हमा चुनाव लड्ने र स्वतन्त्र पहिचानसहित क्रियाशील हुने उल्लेख छ ।

राजपा असन्तुष्ट रहँदै आउनु भएका उहाँ शुरुदेखि नै एमालेमा जाने गृहकार्यमा लाग्नु भएको थियो । उहाँ पार्टीमा असन्तुष्ट भएपछि असन्तुष्टिलाई सम्बोधन गर्न अध्यक्ष मण्डलमा आमन्त्रित सदस्यको रुपमा प्रवेश गराएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..