» » प्रदेश सभाको निर्वाचनको लागि महोत्तरीमा यूवा नेता महतोको चर्चा ।।

महोत्तरी, कातिक ९ गते । अगामी मंसिर २१ गते हुन लागेको प्रदेशसभा निर्वाचनको लागि करिब २ दशकदेखि राजनितीकमा होमिएका ३३ बर्षिय युवा नेता शंकर महतोको नाम चर्चामा आएको छ ।

१८ बर्षदेखि निरन्तरण रुपमा वामपन्थी राजनितीक यात्रामा रहिदै आएका युवा नेता महतोलाई प्रदेश नं. २ को लागि महोत्तरी क्षेत्र नं. १ को (क) बाट नेकपा माओबादी केन्द्रले उम्मेदवार बनाउने चर्चा छाएका छ ।

हुन त महतो शोषक समान्ति परम्परा तथा समाजिक शासन व्यवस्था विरुद्ध लड्ने जोशिलो युवाको रुपमा जिल्लामा परिचित रहेका छन । उनलाई टिकट दिने खवर सार्वजानिक भएलगतै अहिले जिल्लाभरिमा चर्चाको विषय बनेको छ । यहाँको हरेक चियापसल, चौक चौराहामा उनको चर्चा हुने गरेको छ । युवा महतोले नेतृत्व पाएपछि यहाँको हरेक निकायमा परिवर्तन सम्भव हुने स्थानियहरुको तर्क रहेको छ ।

माओवादी केन्द्र सम्बद्ध युवाहरुको संगठन वाइसियल नेपाल प्रदेश नम्बर—२ का प्रदेश संयोजकको जिम्मेवारीमा महतो छन् । उनी संघर्षशिल एवं जुझारु युवाको रुपमा महोत्तरीमा दरिन्छन् ।

माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको सदस्य समेत रहेका महतो समान्ति मालिक, जमिन्दहारुसंग लड्दैं आइरहेका छन् । मालिकहरुले गरिव तथा विपन्न समुदायमाथि गर्दै आएको अन्याय, अत्याचार, दमन, शोषण, उत्पीडन विरुद्ध डेढ दशक देखि नेता महतोे सक्रिय छन् ।

राजनितिक दृष्टि कोणले मधेस निकै पछाडी छ ।  बर्दिबास वरिपरिमा मधेसी समुदायबाट राजनितिमा एक मात्र युवा महतो सक्रिय राजनितिमा छन् । औंलामा गन्दा उनको नाम पहिलो स्थानमा आउँछ ।
राजनितिमा लाग्दा घरपरिवारबाट खासै सहयोग नपाएका उनी भन्छन्,‘घरपरिवारले रुपैंया कमाउने काम गर्नु पर्छ भन्ने धारणा राख्थें । सम्पत्ति जोड्नु पर्छ भन्ने दवाव दिन्थें ।

 तर, मलाई शोषक समान्ति विरुद्ध काम गर्ने इच्छा थियो । पछि म परिवारबाट छुटिएर राजनितिमा होलटायमर भएर काम गर्न थाले ।’ मधेसी समुदायमा निकै कम युवाहरु राजनितिमा आउँछन् । किनकी सबैका अभिभावहरु मेरो छोराछोरीले धन कमाउनु पर्छ भन्ने मनसाय राख्छन् । मधेसमा अरु चिज भन्दा सम्पत्तिलाई बढी प्राथमिकता दिने परम्परा रहदैं आएको छ । यस विरुद्ध पनि उनी राजनितिमा आएर लड्ेका छन् ।

युवाहरुको सक्रियतापछि क्रमस जमिनदारहरु‘पावर लेस’भएको नेता महतो बताउँछन् ।उनी भन्छन्,‘क्रान्तिकारी पक्षधरहरु विजयी भए । देशमा गणतन्त्रण आयो । गरिवहरुको पहुँच शासन सत्तामा पुग्यो । उनीहरुपनि जान्ने बुझ्ने भए । यसले गर्दा हैकम चलाउने मालिकहरु ‘पावर लेस’ भए । मालिकका लठ्ैतहरु सडक छाप भएर हिडेका छन् । गरिवको तन्त्र देशमा स्थापित भयो ।’

२०६५ सालमा महोत्तरीको भंगहा स्थित सकरी कटैयाका गरिव तथा विपन्न समुदायको हक हितको लागि त्यहाँका जमिन्दार ललित सिंहसंग शोषण, दमन र विभेदका विरुद्धको  नेता महतोको नेतृत्वमा लडिएको थियो । ‘मालिकको झन्डै ढेड सय विघा खेत थियो । खेतमा मुसहरहरुको पसिनाले मनग्य धान फल्थियो । तर गरिवहरुले बगाएको पसिनाको पनि शोषण जमिन्दारले गथें,’उनले भने,‘हामी मुसहरको घरमा पाँच दिन बस्यो । जाडो समय थियो । परालकै ओछ्यान र परालकै गुन्द्री ओडेर जमिन्दारको विरुद्ध लडियो  । पछि जमिनदारले गरिवाको पसिनाको उचित मुल्य दिन सहमत भएर । त्यति खेरको लडाइ सकियो ।’

त्यस्तै २०६५—६६ साल तिर वाइसियल नेपाल तत्कालिन महोत्तरी क्षेत्र नम्बर १ कोे कमाण्डर भएर नेता महतोले काम गर्दा  १८ क्वीन्टल ८२ किलो गाँजा तस्करी गरेर भारत लादैं गर्दा बर्दिबास स्थित बुद्धचोक नजिकबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएर चर्चामा आएका थिए ।

विकास प्रेमी नेताको रुपमा नाम कमाएका नेता महतो भने,‘समाजवादी शासन सत्ताको लक्ष्य बोकेका हामी सामुहिक  बसाईको अभ्यासबाट समाजवादको सिद्धान्त आफैबाट लागु गर्ने अभिप्राययले सामुहिक जीवन अंगालेका छौं ।

प्रत्येक सिद्धातहरु पहिलो आफुहरुबाटै लागु गुर्न पर्छ ।’ व्यक्तिगत लोभ, मोह, व्यक्तिगत इच्छाआकान्छाबाट माथि उठे मात्र  सामाजिक परिवर्तनको सवालमा डटेर काम गर्न सक्ने उनले बताए ।
विकास, समृद्धि र विकासको मुद्धामा निरन्तर काम गरिरहेका नेता महतो पूर्व स्वास्थ्यमन्त्रि गिरिराजमणी पोखरेललेको मुख्य सहयोगी छन् ।

 दुई पटक महोत्तरीको क्षेत्र नम्बर १ बाट संसदीय निर्वाचनमा नेता पोखरेललाई जिताउन  नेता महतोको निकै ठूलो हात रहेको छ । हाल विनाविभागिय मन्त्रिको जिम्मेवारीमा रहेका मन्त्रि पोखरेललाई मुख्य सहयोगि भएर उनी एक दशकदेखि अविच्छिन्न रुपमा मुख्य सहयोगिको रुपमा काम गर्दै आएका छन् ।

 गिरिराजमणी पोखरेल महोत्तरी ग्रामिण भेगमा चर्चित नेताको रुपमा स्थापित हुनुमा नेता महतोको निकै ठूलो हात रहेको विपक्षी नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

विद्यार्थी जगरण समाज नेपालमा २०५६ सालमा संगठित भएका उनी २०५८ सालमा एकता केन्द्र मसालबाट मुल राजनिति धारमा आएका थिए ।  नेता महतो अहिले वाईसियल नेपालको केन्द्रीय सचिवालय सदस्य भएर काम गरिरहेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..