» » स्थानीय तहमा कृषिको बजेट कृषिमै खर्च होस्–कृषि मन्त्री (भिडियो सहित)

काठमाडौ असोज २४ गते । कृषि विकास मन्त्री रामकृष्ण यादवले कृषिका लागि स्थानीय तहमा पठाइएको बजेट सोही शीर्षकमा खर्च गर्न स्थानीय प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहमा कृषिको नाममा गएको बजेट अन्य अन्य शीर्षकमा खर्च भइरहेको गुनासो आइरहेको भन्दै उहाँले कडाइका साथ त्यसलाई सम्बन्धित क्षेत्रमा प्रयोग गर्न निर्देशन दिनुभएको हो । 

नेपाल कृषि पत्रकार प्रतिष्ठानका प्रतिनिधिहरुसँग सोमवार भएको भेटघाटमा उहाँले स्थानीय तहमा मन्त्रालयबाट पठाइएको कृषिको बजेट सडक, भवन, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रमा पनि खर्च गरिरहेको बुझिन आएको छ, त्यसलाई अब तत्काल रोक्नुपर्ने निर्देशन आफूले दिएको बताउनुयभो । 

उहाँले भन्नुभयो, सडकका लागि भौतिक मन्त्रालय छ, स्वास्थ्यका लागि स्वास्थ्य मन्त्रालय छ, शिक्षाका लागि शिक्षा मन्त्रालय छ भने कृषि मन्त्रालयको बजेट त्यसका लागि किन खर्च गर्नुपर्यो, त्यसलाई तत्काल रोक्नुपर्छ ।’ 

स्थानीय तहमा कृषिको बजेट कृषिमा कसरी खर्च भइरहको छ त्यसका लागि मन्त्रालयबाट चाँडै अनुगमन टोली पठाउने मन्त्री यादवले जानकारी गराउनुभयो । 

कृषि राज्यमन्त्री सरिता प्रसाँईले पनि कृषि मन्त्रालयको बजेट विभिन्न ठाउँमा दुरुपयोग भइरहेको कुरा आफूले पनि थाह पाएको बताउँदै त्यसमा अब कडाई हुने बताउनुभयो ।

 राजनीतिक अनुकुलताका कारण सोचे जस्तो काम गर्न नसकिरहेको बताउँदै उहाँले कृषि मन्त्रालयको विभिन्न आयोजना तथा कार्यक्रमहरुलाई अनुगमन गरि त्यसलाई अगाडि बढाउने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा.योगेन्द्र कार्कीले स्थानीय तहमा कृषि मन्त्रालयले पठाएको बजेट दुरुपयोग भइरहेको कुरा आफूले विभिन्न सञ्चारमाध्यम तथा किसानमार्फत थाह पाएको बताउनुभयो । स्थानीय तहमा अरु थुप्रै बजेटहरु गएका छन् तर कृषिकै बजेटलाई खर्च गरि सिध्याइरहेका छन्, उहाँले भन्नुभयो, कृषिमा पनि थुप्रै समस्याहरु छन्, ती बजेट त्यसैमा लगाउनुपर्छ भनि हामीले पटकपटक भनेका छौ ।’

स्थानीय स्तरमा कृषि क्षेत्रमा काम गर्नका लागि कृषि मन्त्रालयले पाँच अर्व २९ करोड रुपियाँ स्थानीय विकास मन्त्रालयमार्फत पठाएको छ । 

सो रकमले साना सिँचाई कार्यक्रम, बाली विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, तारकारी, माटो सुधार, कृषि प्रयास कार्यक्रम, विषादी कार्यक्रम लगायत कृषिका विभिन्न क्षेत्रमा खर्च गर्न सकिने प्रवक्ता कार्कीले जानकारी गराउनुभयो । 

कृषि क्षेत्रमा काम गर्ने पत्रकारहरुको थुप्रै समस्या रहेको बताउँदै उहाँले पत्रकारलाई नयाँ नयाँ प्रविधिको जानकारी गराउन तालिम तथा कृषिसँग सम्बिन्धित क्षेत्रमा अनुगमन गराउने प्रतिवद्धता मन्त्री यादवले जनाउनुभयो । अन्य क्षेत्रको भन्दा कृषि क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई सरकारबाट वेवास्त भएको गुनासो कृषि सम्बद्ध पत्रकारहरुले गुनासो गर्नुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..