» » अमेरिकाका मधेसीले मनाउदैछन छठ

अमेरिका, कात्तिक ७ गते । जहाँ रहे पनि आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै अमेरिकामा रहेका मधेसीहरुले धुमधामका साथ मधेशी हरुको महान पर्व छठ मनाउने  भएका छन् ।

     काम र रोजगारीको सिलासिलामा संसारको जुनसुकै कुनामा पुगे पनि मानिसले आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यसहित विगत झै यस वर्ष पनि छठको आयोजना गर्न लागिएको हो ।

मधेशी अगुवा अरविन्द सिंह का अनुसार विगत केही बर्ष अगाडी देखी सबै मधेशी साथीहरुलाई आफ्नो धर्म संस्कृति , भाषा , रितीरिवाज , पहचान को सम्रक्षन र समबर्धन का उद्देश्यले अमेरिकाको बिभिन्न राज्यमा मनाउदै आएका पर्वहरु मध्ये महापर्व छठ यस पाली पेन्सलभानियामा  मनाउने भएका छन ।

जसमा पेन्सलभानिया राज्यका आसपास का सबै राज्यहरू बाट मधेशीहरुको बाक्लो उपस्थिति हुनेछन ।

उहाँका अनुसार, २६ अक्टूबरका दिन साँझ र २७ अक्टुवर बिहान पेन्सलभानियामा मनाउन लागेको छठ  विगत झैं यस वर्ष पनि  यो पर्व यहाँका मधेसी समुदायले धूमधामका साथ मनाउनका लागि भव्य तयारी गरेको छ ।

जसका लागी कुन्दन साह , मुकेश यादव लगाएयतका लाई विभिन्न ज़िम्मेवारी दिइ काम काज बाडफाट गरेका छन।

उहाँका अनुसार, कार्यक्रममा  संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूताबासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्धारा गठित विभिन्न सङ्घ सङ्गठनका पदाधिकारीहरु, समाजसेवी , स्थानीय अमेरिकी बुद्धिजीवी तथा अन्य राज्यमा बसोबास गर्ने मधेसी समुदायको गारिमामय सहभागिता रहने छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..