» » दिपेन्द्र झाले समानुपातिक छोड्नुको कारण यस्तो आयो

काठमाडौ असोज ३१ गते । अधिाकरकर्मि एवं अधिवक्ता दीपेन्द्र झाको नाम समानुपातिकमा न आएपछि सो कुरा अहिले समाजिक सन्जालमा भाइरल भएको छ ।
राजपा नेपालले महोत्तरीबाट अधिवक्ताको नाम प्रतिनिधिसभाका लागि समानुपातिकमा नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो ।
समानुपातिकमा नाम राख्नका लागि अध्यक्षमण्डलका एकजना सदस्यले अधिवक्ताको नाम माग गर्नुभएको थियो । स्रोत भन्छन, झाले इच्छा नदेखाए पनि झाको नाम जिल्लाबाट सिफारिस गरेको थियो ।
नाम सिफारिस भएपछि झालाई बधाईको ओइरो लागेको थियो । निकै चर्चा भएको थियो । तर असोज २९ गते आयोगमा नाम पठाउने कुरा भयो झाको नाम नराख्ने कुरा आयो । राखेपनि लास्टतिर कतै राख्ने कुरा भयो । जहाँबाट समानुपातिकमा नाम आउने सम्भावना हुदैन ।
त्यो कुरा थाह पाएपछि अधिवक्ता झाले आफ्नो मान्छे पठाएर दिएको मन्जुरीनामा फिर्ता लिनु भयो जो कुरा हामीले यसअघि समाचार बनाई सकेकाछौ ।
अधिवक्ता झाले पनि आफ्नो फेसबुकमा लेख्नुभएको छ-
कसले किन, कुन हिसावले समानुपातिकमा नाम राखे र के हिसावले झिके, राख्ने र झिक्नेलाई नै यो प्रश्नको उत्तर थाह होला? कृप्या मलाई नसोधिदिनु होला, सदा सर्वदा मधेशी लगायत सिमान्तकृत समुदायको हकहितका लागि जसरी काम गरिरहेको थिए गरिनै रहने छु यतिमात्र भन सक्छु । जनता स्वंयले समय आएपछि आफै यस्को उत्तर खोजला ।
उहाँले फिर्ता लिएपछि बुझ्दै जाँदा उनि निकट स्रोतले पछि न्यायाधीश बन्न समस्या देखिने भएकाले फिर्ता लिनु भएको बताएका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..