» » हालसम्म १३५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौँ, असोज ११ गते र यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज १३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक  भएको छ ।

वीरगञ्ज महानगरपालिकासहित १३५ तहको नतिजा सार्वजनिक भएको छ । अब राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । सो नगरपालिकाको मतगणना पनि ढिलो भएको कारणले ढिलाई भएको हो ।

वीरगञ्ज महानगरपालिकाको महानगरपालिको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगी विजय हुनुभएको छ ।

सप्तरीको राजविराज नगरपालिकाका १६ वटा वडामध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको र बाँकी दुईवटा वडाको पनि आजै बेलुकासम्ममा सकिने जानकारी प्राप्त भएको छ ।

स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसका ४०, संघीय समाजवादी फोरम २६, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा ९माओवादी केन्द्र० २१, नेकपा ९एमाले० १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टीका एकजना उम्मेदवार विजयी हुनुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..