» » ७० स्थानमा मतगणना जारी


काठमाडौं असोज ३ गते । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले सो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..