» » राजपाका गजेन्द्र मण्डलले दिनुभयो राजिनमा

काठमाडौ भदौ २० गते । राष्ट्यि जनता पार्टी नेपालका केन्द्रीय सचिव एवं सप्तरीका जुझारु नेता गजेन्द्र मण्डलले सो पार्टीबाट राजिनामा दिनुभएको खबर प्राप्त भएको छ ।

पार्टीमा हैकमवाद शुरु भएको आरोप लगाउँदै उहाँले सामूहिक नेतृत्वबाट चलाउने पार्टीमा कुनै व्यक्तिको हैकम चलिरहेको आरोप लगाउनु भएको ।

टिकट वितरणमा पार्टीका नेताहरुले मनपरि गरेको आरोप लगाउँदै उहाँले उच्चस्तरीय समितिले तयार पारेको उम्मेदवारको विवरण अनुसार केन्द्रीय अध्यक्ष मण्डलले उम्मेदवारको चयन नगरेको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो, केन्द्रले नै बनाएको उच्च स्तरीय समितिले सप्तरीबाट सिफारिस गरेको नाममा हेरफेर गरि आआफ्ना आफन्तलाई टिकट वितरण गर्नुभएको छ, जहाँ व्यक्ति हावी हुन्छ त्यो पार्टीमा बसेर के काम ।

उहाँले आफू तत्कालै कुनै पार्टीमा नजाने पनि बताउनुभयो । स्वतन्त्र भएर देश र समाजका लागि काम गर्ने पनि उहाँले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..