» » राजपाले दिए प्रधानमन्त्रीलाई समर्थन फिर्ता लिने चेतावनी

file photo
काठमाडौ भदौ १६–राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समर्थन फिर्ता लिने चेतावनी दिनुभएको
 छ । 

निर्वाचन निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति आपत्ति जनाउन भेटन् गएका राजपा नेपालका नेताहरुले आयोगले बुझाएको प्रतिवेदन नसच्याए आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरि समाधानका लागि छलफलमा बस्न आग्रह गर्नुभएको छ ।

जवाफमा प्रचण्डले आइतवार फर्केपछि यस विषयमा छलफल गर्ने बताउनुभएको थियो । 

मधेशमा जनसँख्याको आधारमा निर्वाचन क्षेत्र बढाउनुपर्ने ठाउँमा झन घटाएको भन्दै राजपा नेपालका नेताहरुले मधेशी जनतामाथि यो ठूलो विभेद रहेको धारणा राख्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..