» » कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजय


सिरहा असोज ४ गते । नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकामा जित हात पारेको छ ।

 कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको छ ।

माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार एक सय ९० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ चार हजार ३१६ मत प्राप्त गरी निर्वाचित भहुनुभएको छ । श्रेष्ठको निकटमत प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अन्जुकुमारी रायले २ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

कर्जन्हा नगरपालिकाको वडा २ र ६ मा एमालेमा उम्मेदवार विजयी भएका छन् भने अन्य सबै वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

१५ हजार ७ सय ७४ मतदाता रहेको यो नगरपालिकामा १२ हजार १ सय ६२ मत खसेको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..