» » माओवादी केन्द्रले जित्यो तीन वडा

काठमाडौ असोज ३ गते । माओवादी केन्द्रले बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित जित हात पारेको छ।

निर्वाचन अधिकृत यामप्रसाद ढुंगानाका अनुसार वडाध्यक्षमा माओवादी उम्मेदवार पानालाल साह कलवार ४ सय ८१ मत प्राप्त गरी विजयी भएका छन् ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा पनि माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी हुनुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..