» » बोदेवर्साइनमा प्रमुख र उपप्रमुखमा संघीय फोरम, छिन्नमस्ताको अध्यक्षमा नयाँ शक्ति

राजविराज, असोज ७ गते । सप्तरीको बोदेवर्साइन नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

संघीय समाजवादी फोरमका आतिश सिंह यादवले चार हजार ५४७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले तीन हजार २९८ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा संघीय फोरम नेपालकै रञ्जु साह निर्वाचित हुनुभएको छ । साहले तीन हजार ७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका उपप्रमुख उम्मेदवार रेणु साहले तीन हजार ६३७ मत मात्र प्राप्त गर्नुभएको छ ।

छिन्नमस्ताको अध्यक्षमा नयाँ शक्ति विजयी 

यसैगरी, तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल सप्तरीमा पहिलो पटक विजयी भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति पार्टीका सूर्यनारायण मण्डलले प्रतिद्वन्द्वी राजपालाई पराजित गर्दै दुई हजार ८०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार विमलादेवी यादवले एक हजार ३८५ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा राजपाका उषादेवी मण्डल विजयी हुनुभएको छ । उहाँले नयाँ शक्ति पार्टीका प्रतिद्वन्द्वीलाई १३० मत अन्तरले हराउँदै विजयी हुनुभयो । मण्डलले एक हजार ७१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रमिलादेवी मण्डलले एक हजार ५८० मत प्राप्त गर्नुभयो ।

यस्तै, छिन्नमस्ता गापाको वडा नं १ मा नेपाल लोकतान्त्रिक फोरमका विनोद यादवले ४२७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

 वडा नं २ मा नयाँशक्ति पार्टीका चुनचुन साह ३५० मत, वडा नं ३ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार यादवले ४७८ मत, वडा नं ४ मा काँग्रेसका रामचन्द्र पण्डितले ३०२ मत, वडा नं ५ मा माओवादी केन्द्रका वीरेन्द्र यादवले ५९५ मत, वडा नं ६ मा नयाँ शक्ति पार्टीका वीरेन्द्रप्रसाद साहले ४४३ मत र वडा नं ७ मा राजपा नेपालका प्रभाकर यादवले २२८ मत ल्याएर विजयी हुनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..