» » मतगणना अन्तिम चरणमा आज राती नै आउनसक्छ सबैको परिणाम

काठमाडौं असोज ७ गते । असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ ।

शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ  भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ ।

आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगरपालिकाको नतिजालाई महत्वका साथ हेरिएको छ । 

जसअनुसार
कांग्रेस ३२,
संघीय समाजवादी फोरम २०,
माओवादी केन्द्र १९,
राजपा १८,
एमाले १२,
फोरम लोकतान्त्रिक ३ 
नयाँ शक्ति १
नेपाली जनता दल १
स्थानीय तहमा विजयी भएका छन् ।

नतिजा आउन बाँकी ३० तह मध्ये ८ स्थानमा कांग्रसको अग्रता छ  ।
यस्तै फोरम, माओवादी केन्द्र र राजपाको ५–५ तहमा अग्रता छ भने  एमालेको ७ तहमा अग्रता रहेको छ । 

यस्तै जनता दलको पनि १ स्थानमा अग्रता रहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..