» » राजपाका नेता अनिल झाले भन्नुभयो, म चुनावको पक्षमा छैन

काठमाडौ भदौ १६ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफू निर्वाचनको पक्षमा नभएको स्पष्ट पार्नुभएको छ ।

‘मैले सुरुदेखि नै निर्वाचनको विरोध गर्दै आएको छु, अहिलेपनि म निर्वाचनको पक्षमा छैन, यद्धपी पार्टीले निर्वाचनमा जाने निर्णय गरेको छ, म त यसबारेमा अल्पमतमा परेको मान्छे हुँ, उहाँले भन्नुभयो, बहुमत साथीहरुले निर्वाचनमा जानुपर्छ भनेर भन्नु भएकोले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको हो ।’

नेता झाले चुनाव जानै हुँदैन भनेर आफूले पटक पटक पार्टीभित्र कुरा राखेको उल्लेख गर्दै यो चुनावबाट कति क्षति हुने हो भन्ने कुरा परिणामले देखाउने समेत बताउनुभयो ।

उहाँले वर्तमान सरकारलाई दिएको समर्थन एक सेकेण्डपनि ढिलाई नगरी फिर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाढी पीडितहरुको लागि राज्यले राहत त वितरण गर्यो, तर यो राहत चुनाव केन्द्रित राहत हो ।’ उनले टेन्ट र चामलसँगै भोट माँग्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

उहाँले चुनाव जित्नको लागि तराईमा धमाधम राहत वितरण भइरहेको आफूले प्रत्यक्ष देखेर आएको समेत गुनासो गर्नुभयो । उहाँले लुट्न र मनपरी गर्ने काम भइरहेको छ, त्यसैले यो सरकारलाई समर्थन गरिरहनु अब एक सेकेण्डपनि औचित्य नरहेको बताउनुभयो ।

उहाँले तराईमा अहिले राहत लिनुछ भने रुखमा भोट हाल्नुहोस वा हँसिया हथौडामा भोट हाल्नुहोस् भन्ने काम सरकारमा बस्ने दलहरुले गरिरहेको समेत आरोप लगाउनुभयो ।

उहाँले आफूहरुको एजेण्डालाई काँग्रेस र माओवादी केन्द्रले बाढीसँगै बगाउने काम गरेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव पास गराउन पर्याप्त गृहकार्य नै गरेका थिएनन्, यो प्रस्ताव तुहाउनको लागि ल्याईएको थियो ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..