» » दुई नम्बर प्रदेशका महानगरपालिका र उपमहानगरपालिकामा यस्तो छ भिडन्त

काठमाडौ भदौ १७ गते । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि यतिखेर प्रदेश नम्बर दुई तातिएको छ ।

कतिपय दल उम्मेदवारी छनौटका लागि दौडधुपमा लागेका छन् भने कतिपयले घोषणा गरि प्रचार प्रसारमा लागिसकेका छन् । भदौ २१ गते उम्मेदवारी मनोनयन हुने समय तोकिएको छ तर प्रमुख दलहरुले नै अझै उम्मेदवारी टुगों लगाएको छैन ।

जिल्लाहरुबाट उम्मेदवारको नामवाली केन्द्रीय कार्यालयमा आइसकेका छन् । त्यसलाई अन्तिम रुपमा दिनका लागि दलका नेताहरु छलफलमा जुटेका छन् । काँग्रेसका नेता विमलेन्द्र निधिले प्राप्त नामावलीमध्येबाट नै उम्मेदवार टुगों लगाउने काम सकिएको र चाँडै सार्वजनिक हुने बताउनुभयो ।

त्यस्तै, माओवादी केन्द्रले पनि उम्मेदवारको टुगों लगाई सकेको र औपचारिक घोषणा हुन बाँकी छ । त्यस्तै एमालेको पनि लगभग टुगिं सकेको छ, एक दुई दिनमै टुगिंने पार्टीले जनाएको छ ।

यसरी केन्द्रले उम्मेदवार टुगों लगाउन बाँकी राखेपनि स्थानीय तहका सम्भावित उम्मेदवारहरुले आआफ्नो चुनावी क्षेत्रमा चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा लागेको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले जानकारी गराउनुभयो । उहाँले फोरम नेपालबाहेक अरु कसैको उम्मेदवारी टुगों लागेको छैन तर सम्भावित उम्मेदवारहरुले आआफ्ना चहलपहल तीब्र पारेको बताउनुभएको छ ।

तेस्रो चरणमा भइरहेको प्रदेश नम्बर दुईमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नम्बर दुईका आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह रहेका छन् ।

त्यसमध्ये एउटा मात्र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा चुनावी चहलपहल निकै तातिएको छ । उद्योगी नगरीको रुपमा चिनिएको वीरगञ्ज महानगरपालिकामा एकलाख १२ हजार मतदाता रहेका छन् । ३२ वटा वडा रहेको सो महानगरपालिका लागि अहिलेसम्म फोरम नेपालले मात्र मेयरको नाम घोषणा गरेको छ ।

उद्योगीको रुपमा परिचित विजय सरावगीलाई मेयरको रुपमा अघि सारिएको छ । उम्मेदवारी घोषणासँगै प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई उहाँले तीब्रता दिनु भएको छ ।

अन्य दलले औपचारिक रुपमा घोषणा नगरेपनि काँग्रेसबाट अजय द्धिवेदी, एमालेबाट बसरुद्दीन अन्सारी, माओवादी केन्द्रबाट रोहवर अन्सारी, राजपा नेपालबाट विमल श्रीवास्तव र राजेशमान सिंहको पनि मेयरमा चर्चा रहेको छ । उहाँहरुले पनि आफ्नो उम्मेदवारको प्रचार प्रसारमा लाग्नु भएको छ । यद्यपी सरावगीबाहेक अन्यको नाम केन्द्रबाट टुग्याउन बाँकी रहेको बताइन्छ ।

दुई नम्बर प्रदेशमा जनकपुर, जितपुर–सिमरा र कलैया गरि तीनवटा उपमहानगरपालिका पनि रहेका छन् । यी उपमहानगरपालिकामा पनि चुनावी चहल पहल बढेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिकामा मेयर पदका थुप्रै आकाँक्षिहरु देखिएका छन् । जो आँकाक्षि छन् उनीहरुको नाम केन्द्रमा गइसकेको छ । केन्द्रले नाम टुगों लगाएर सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जनकपुर उपमहानगरपालिका लागि मेयरमा काँग्रेसको तर्फबाट मनोज साह, बजरगं साहको चर्चा छ भने एमालेको तर्फबाट दीपेन्द्र कुमार यादव, लक्ष्मीनारायण भगत, माओवादी केन्द्रको तर्फबाट चन्द्रशेखर साह, फुलगेन साहको नाम चर्चा रहेका छन् ।

त्यस्तै, राजपा नेपालको तर्फबाट लालकिशोर साह, शिवशंकर साहको नाम पनि चर्चा रहेका छन् । फोरम नेपालले विष्णु देव साहको नाम टुगों नै लगाई सकेको छ ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका लागि फोरम नेपालले मेयरमा प्रमोद गुप्ताको नाम सार्वजनिक नै गरिसकेको छ । गुप्ताले आफ्नो प्रचार प्रसार तीब्र पार्नुभएको छ ।

गुप्ताले आफ्नो प्रतिस्पर्धा काँग्रेससँग रहेको दावी गर्नुभएको छ । पूर्वसभासद समेत रहेका गुप्ताले आफूले जित्ने दावी गर्नुभयो । अन्य दलले हालसम्म मेयर पदको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । तर केन्द्रदेखि स्थानीय तहसम्म चर्चामा काँग्रेसको तर्फबाट रमानन्द यादव, राजेश यादव, फुल महम्मद मन्सुर रहनु भएको छ ।

एमालेको तर्फबाट एम.समिउलाह, सुरेश मोदक, विनोद साहको पनि मेयरमा चर्चा रहेका छन् । माओवादी केन्द्रले स्थानीयस्तरमा मुकेश साहको नाम नै घोषणा गरिसकेको छ । सो पार्टीबाट अरु कसैको दावी नरहेको जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट जयप्रकाश साहको नाम चर्चामा रहेको छ ।

कलैया उपमहानगरपालिकामा २७ वटा वडा रहेका छन् भने ५७ हजारभन्दा बढी मतदाता रहेका छन् ।

त्यस्तै, २४ वटा वडा रहेको बारा जिल्लाकै जितपुर–सिमरामा ५५ हजार भन्दा बढी मतदाता रहेका छन् । त्यहाँ माओवादी केन्द्रले राजन पौडेल, रापप्राले सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाले धर्मानन्द उपाध्यायको नाम मेयरको उम्मेदवारका लागि टुगों लगाई सकेका छन् भने अन्य कुनै दलले कसैको नाम औपचारिक घोषणा गरेको छैन ।

तर, काँग्रेसको तर्फबाट ओमकृष्ण कार्की, कृष्णव्रत सिंहको नाम चर्चामा रहेका छन् । त्यस्तै, एमालेको तर्फबाट मेयरमा देवनारयण चौधरी, डा.केशव पौडेलको नाम पनि चर्चामा छन् भन फोरम नेपालको तर्फबाट प्रभु यादव र अफताव आलमको नाम चर्चामा रहेको स्रोतले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..