» » धन्धेसे बेइमानी नही होनी चाहिए

–तुलानारायण साह
विभिन्न चरणमा गरी स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनको सम्पन्नतासँगै नयाँ संविधान कार्यान्वयन पहिलो र महत्वपूर्ण चरण पुरा भएको छ ।

यस निर्वाचनलाई तीन ठूला दल र राज्यपक्षले नयाँ संविधानको कार्यान्वयनको रुपमा लिएको थियो भने आन्दोलनकारी मधेसी दलहरुले संविधान संशोधनको बाटो बन्द हुने रुपमा । तीन ठूला दल र राज्यपक्ष सफल भएको छ ।

संविधान संसोधनकालागी आन्दोलन गर्नेहरुको पराजय भएको छ । निर्वाचनलाई उपयोग गर्नु वा त्यसमा मतदान गर्नु नै नयाँ संविधानलाई स्वीकार गर्नु हो । अब निर्वाधरुपमा यो संविधान कार्यान्बयन भइरहन्छ ।
अन्य निर्वाचनहरु पनि निर्वाधरुपमै सम्पन्न हुने छन् । संविधान संशोधनको मुद्दा अब चुनावी स्टन्ट मात्र बनिरहने छ । हिजो मधेसीको अधिकार कटौतीको लागि तीन ठूला दल एकजुट थिए, आज मधेसीको मत पाउनको लागि लुछाचुडी गर्दै आपसमा झगडा गर्दैछन् ।

हिजोको निर्वाचनलाई उपयोग गर्नेहरुले आजको संविधान दिवसलाई कालो दिन भन्नुको अब तुक छैन । के गर्ने र के नगर्ने कुराको निर्णय लिने हरेक व्यक्तिको नितान्त व्यक्तिगत र नैसर्गिक अधिकार हो । तर कुनै पनि तथ्य, घटना र परिवेशलाई आप्mनो अनुकुल वा फाइदाको लागि मात्र व्याख्या गर्न खोजेर समाजलाई दिग्भ्रमित पार्नु घोर अवसरवादी चरित्र हो ।

यस प्रकारको अवसरवादिताले समाज र आन्दोलनले सही दिसा लिन सक्दैन । यतीखेर म एउटा हिन्दी फिल्मको डायलग सम्झिन्छु, धन्धा बैइमानी का भी हो तो कोइ बात नही, पर धन्धेसे बेइमानी नही होनी चाहिए ।

निर्वाचनलाई उपयोग गर्नु समस्या होइन तर निर्वाचनको उपयोग गर्नेहरुले पनि यो संविधान स्वीकार गरेको छैन भन्नु र तिनैले आज काला दिवस मनाउछु भन्नु समस्या हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..