» » एमालेका नेता रघुवीर महासेठले भन्नुभयो, मधेशमा पनि एमाले पहिलो शक्ति

काठमाडौ भदौ १६ गते । एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडेपनि पहिलो स्थान हाँसिल गर्ने दाबी गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘हामी तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा माथि नै मत ल्याउँछौं अर्थात दुई नम्बर प्रदेशमा एमाले पहिलो शक्ति हुन्छ ।’ उहाँले दुनियाँको कुनैपनि शक्तिले रोक्न खोजेपनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो । असोज २ गतेको स्थानीय तहको चुनावमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।

पार्टीले आउने आईतबारसम्म १३६ वटै तहको उम्मेद्धवारको नाम टुँगो लगाउने समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेद्धवार टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको भइसकेको छ, बाँकी हामी आईतबारसम्म टुँगो लगाउँछौं ।’

उहाँले काँग्रेसलाई मधेशी दलको अर्को रुपको संज्ञा समेत दिनुभयो । उहाँले भन्नुभयोे, ‘कांग्रेस आफ्नो कारणले भन्दापनि बाहृय शक्तिको ईशारामा चलेको छ ।’ मधेशमा एमालेलाई निषेधको राजनीति गर्नेहरु जति नै सलबल्याए पनि आफूहरु नतर्सिर्ने महासेठले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेबाला छैन ।’ उहाँले अहिले मधेशमा राजपाको नाममा दिनभरि राजपा र बेलुका खाना खाने समयमा कांग्रेस हुनेहरुको हुल लागेको समेत आरोप लगाउनुभयो ।

उहाँले निषेधको राजनीति नगर्न समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हिम्मत भए भोटिङबाटै हामीलाई मधेशबाट आउट गरेर देखाउनुहोस, होईन भने १०÷२० जना हुल्लरवाजको हल्लाले एमाले तर्सिनेवाला होईन् ।’ महासेठले चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिद्धन्द्धी नै काँग्रेस भएको बताउनुभयो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै मात्र जनकपुरको एक सार्वजनिक कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई तपाईहरु १०० सिट जित्नुहोस त्यसको लागि जतिपनि बोरा खोल्न हामी तयार छौं भनेर अभिव्यक्ति दिएको आरोप लगाउँदै भन्नुभयोे, ‘आर्थिक प्रलोभन र प्रशासन दुरुपयोग नगरौं, धाँधलीरहित वातावरणमा चुनाव हुन दिउँ ।’

उहाँले मधेशमा चुनावको वातावरण बनिसकेकाले सबै पार्टीहरु गाउँ–गाउँसम्म चुनावी अभियानमा होमिएको जानकारी दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..