» » भारतको सिको गर्दै चीन

काठमाडौँ, असोज ८ गते । पछिल्लो समय नेपालमा चीनको गतिविधि व्यापक बढेको छ । चीनले पनि भारत जस्तै नेपालको हरेक क्षेत्रमा हस्तक्षेप गर्नुको साथै चासो लिन थालेको छ ।

पहिला भारतले नेपाली पत्रकार, नेता तथा व्यावसायीलाई बेलाबेलामा भारतको भ्रमण गराउँथे, भारतको बारेमा जानकारी दिएर नेपालमा त्यसको चर्चा गर्न लगाउँथे  अहिले ठिक त्यस्तै चीनले गर्न थालेको छ ।

अहिले चीनले पनि नियमित रुपमा नेपालका पत्रकार, नेता तथा बुद्धिजिवी र  व्यवसायीलाई चीनको भ्रमण गराई रहेका छन् र त्यहाँको बारेमा नेपालमा चर्चा गराइरहेको छ । हुँदा हुँदै भारतको सिको गरेर आफ्नो देशको वार्षिक उत्सवको अवसरमा नेपालका राजनीतिक दल तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बोलाएर
 भोज खुवाउन थालेका छन् ।

भारतले पनि गणतन्त्र दिवस होस् वा स्वतन्त्रता दिवस होस् नेपाली नेता तथा अन्य व्यक्तित्वहरुलाई दूतावासमा बोलाएर एकछाक खुवाएकै हो । चीनले पनि त्यसतै
 गर्न थालेको छ ।

आज जनवादी गणतन्त्र चीन स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसरमा आज नेपालस्थित चिनियाँ दूतावासले विशेष समारोहको आयोजना गरेको छ ।

सो अवसरमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री मोहनबहादुर बस्नेतलगायतलाई दुतावासमा बोलाएर विशेष कार्यक्रमको अयोजना गरेको छ ।

त्यसैगरी, समारोहमा राजनीतिक दलका नेताहरुमा नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा प्रकाशशरण महत, डा रामशरण महत, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, नेकपा (माले) का महासचिव सीपी मैनाली, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताको उपस्थिति थियो ।

समारोहमा सुरक्षा निकायका प्रमुखहरु, प्राज्ञ, कलाकार, व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६२ औँ वर्ष अत्यन्तै सुमधुर, पारस्परिक सद्भाव, विश्वास, एकअर्काबीच सार्वभौमिकताप्रतिको सम्मान दुवै मुलुकबीच न्यायपूर्ण सम्बन्धको कडी भएको बताउनुभयो ।

उहाँले ‘वान बेल्ट वान रोड’ को समझदारी पत्रमा हस्ताक्षर, नेपालका बाढीपीडितलाई चिनियाँ सरकारबाट रु १० लाख अमेरिकी डलर सहयोगलगायत थुप्रै समझदारीपत्रमा हस्ताक्षर हुनुले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धको पुष्टि गर्ने उल्लेख गर्नुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..