» » सर्लाहीका यस्तो महाभिडन्त

मनोज यादव
सर्लाही भाद्र २९  गते । प्रदेश नं।२को स्थानिय तहको निर्वाचनको सरगर्मिसँगै सर्लाहीको बिसवटै स्थानिय तहमा पनि दलहरुका उम्मेदवार बिच कडा टक्कर हुदैछ ।

सर्लाहीको सबै भन्दा पुरानो नगरपालिका मलंगवा नगरपालिकामापनि  उम्मेदवार बिच कडा टक्कर हुदैछ ।सर्लाही जिल्ला राजनिति रुपमा निकै नै महत्व बोकेको जिल्ला हो । यस जिल्लालाई पछिल्लो समय राजपाको गढको रुपमा हेरीदै आइएको थियो ।जसरी हल्ला फैल्लाइएको थियो उम्मेदवार टिकट बितरणमा राम्रा भन्दा हाम्रालाई टिकट दिइएपछि ब्यापक असन्तुष्टि सगै अन्र्तघात ले प्रश्रय पायो ।

यतिसम्मको असन्तुष्टि कि पार्टिका महामन्त्रि तथा क्षेत्र नं। ५का निर्बाचित सांसदले महामन्त्रि पदबाट राजिनामा नै दिनु पर्यो । जसका कारण राजपा पार्टिका उम्मेदवार र कार्यकर्ता बिच एक खालको दुरीको अवस्था सिर्जना भयो । कार्यकर्ताको आक्रोश र मनमुटावबाट भयभित राजपाका अध्यक्ष मण्डलका सदस्यहरु अन्तिम समयसम्म केन्द्रमै बस्न रुचाए जसकारण राजपाका कार्यकर्ता एक प्रकार छिन्नभिन्न नै भयो ।

अन्तिम समयमा महेन्द्र यादव र राजेन्द्र महतो जिल्लामा आएपछि कार्यकर्तामा एक किसिम जोश देखिए पनि उम्मेदवार जिताउन भने निकै नै कसरतको आवश्यकता पार्टिमा देखिएकोछ ।

कहाँ कहाँ को को भिडदै छन् त ?
सर्लाहीको बिस स्थानिय तह मध्ये एग्यारह नगरपालिका र नौ गाँउपालिका रहेको छ ।
सर्लाहीको पुरानो नगरपालिका मलंगवामा मुख्य त चार उम्मेदवार बिच प्रतिस्पर्धा देखिन्छ । राजपा नेपालबाट उद्योगि नागेश्वर राय ,एमालेबाट समाजसेवी देबेन्द्र राय काँग्रेसबाट निरसल साह र स्वतन्त्रबाट पूर्व मेयर नागेन्द्र प्रसाद यादव भिडदैछ भने यिनि चारैको मतमा घाटा पुयाउन तेस्रो लिंगि स्वतन्त्र उम्मेदवार महेन्द्र प्रसाद साह उर्फ राधा मौसि पनि भिडदैछिन ।

यिनी पाँचमध्ये अहिलेसम्म काँग्रेसी उम्मेदवारको बलियो संभावना रहेका बुझिएकोछ ।

कसरी काँगे्रसि उम्मेदवारको संभावना बढयो त ?
राजपाका उम्मेदवार आफना दम्भका कारण पछाडि पदैछन् भने पार्टि भितरका असन्तुष्टिलाई राजपा लहडलाई बचाई राख्न सकेन भने अर्का उम्मेदवार नेकपा एमालेका समाजसेवी देबेन्द्र यादवको भने जनतामाझ राम्रो छबि भएपनि एमालेका उम्मेदवार भएकैकारण  उनि पछाडि पर्दै गईरहेको छ ।

यता एउटै टोल र जातको तिन जना यादव  उम्मेदवार भएको कारण पनि यिनिहरुमा यादव भोट बाटिने हुदाँ र खासगरी पचपौनिया भनाउँदाहरुको मत एक मुष्ट काँगे्रसका उम्मेदवारलाई जाने संभावना बढदै गईरहेको देखिन्छ ।

तर पुर्व मेयर नागेन्द्र प्रसाद यादवको मत प्रत्येक निर्बाचनमा अन्तिम समयमा मात्रै खुल्लेर देखिन थाल्दछ ।तसर्थ सर्लाहीको मंलगवा नगरपालिकाको मेयर पदमा मुख्य त काँग्रेस स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद यादव कडा खालको प्रतिष्पर्धा हुने देखिन्छ ।

सर्लाहीकै अर्को गाँउपालिका चक्करघटामा भने मुख्य  चार उम्मेदवार देखिएको छ । माओबादी केन्द्रका तर्फ बिक्रम यादव, राजपाका तर्फबाट कृष्ण कुमार यादव, नेपाली काँगे्रसका तर्फबाट रामजी साह रहेका छन भने संधिय समाजबादीपार्टिका तर्फबाट धर्मनाथ राय रहेकोछ ।

यस गाँउपालिकामा पुर्वमन्त्रि रामेश्वर रायको पुत्र बिक्रम राय तुलनात्मक रुपमा बलिया नै देखिन्छ । संबिधान संशोधन प्रस्ताव असफल भएपछि राजपाले मधेशमा रातो कार्पेट ओछयाएर मधेशका जिल्लामा काँग्रेस र माओवादी केन्द्रलाई आमन्त्रण गरेपछि राजपामा पहिरो जाने र माओबादी केन्द्र नेपाल जनअधिकार फोरम लोक्तान्त्रिका बरिष्ट उपाध्यक्ष माओबादी केन्द्रमा प्रवेश गरे पछि एक खालको माओवादीका लहर चले झै भएकोछ भने यिनका प्रतिद्धन्दी कृष्ण कुमार यादवको राजपा पहिरो जाँदा माओवादीकेन्द्रलाई फाइदा पुगेको छ ।

त्यसैगरी संधिय समाजवादी फोरमका उम्मेदवार धर्मनाथले राम्रो मत बटुल्न सके राजपाका कृष्ण कुमार बलियो हुने देखिन्छ ।

कोैडेना गाँउपालिकामा राजपा र काँगे्रस र माओवादी केन्द्र बिच भिन्डन्त हुने देखिन्छ ।याँहा समग्रमा राजपाका उम्मेदवार बलिया देखिन्छ ।

कौडेना गाँउपालिकामा काँग्रेसका रुपेश कुमार यादव भन्ने बबलु यादव संग माओबादीका उम्मेदवार रामपुकार राय तथा राजपाका  उम्मेदवार बिच भिडन्त हुदै छ भने बिष्णु गााँउपालिकामा संधिय समाजबादी फोरमका अरबिन्द सिहं नेपाल जनअधिकार फेरमका जवाहर यादव र राजपा बिजय यादव ,गोडैता नगरपालिकामा राजपा र नेपाली काँग्रेस,रामनगर गाँउपालिकामा माओबादी र राजपा ,बलरामा नगरपालिका अमरेश सिहं र महन्त ठाकुरको बर्चस्वको लडाई हूदैछ ।

 त्यहाँ नेकाँबाट कमलेश्वर प्रसाद सिन्हा तथा राजपाबाट अभय सिहं भिडदै छ यि दुई उम्मेदवारले दुई रथिका कमान सम्हालेका छन, भने  माओबादी केन्द्रबाट राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र रायका पुर्व स्वकिय सचिव रामबाबु दासको पनि राम्र्रै पकड देखिन्छ ।त्यस्तै धनकौल गाँउपालिकामा नेपाली कांग्रेस ,राजपा र माओबादी बिच कडा प्रतिस्पर्दा देखिन्छ ।

बसबरीया गाँउपालिकामा राजपा र नेका ,माओबादी भिडदैछ । भने बरहथवा नगरपालिकामा माओबादी एमाले र राजपा बिच भिडन्त हुदैछ ।बाग्मति नगरपालिकामा माओबादी तथा एमाले र हरीवन नगरपालिकामा नेपालि काँग्रेस र एमाले, लालबन्दी नगरपालिकामा एमाले र माओबादी ,इश्वरपुर नगरपालिकामा एमाले काँग्रेस माओबादी तथा राजपा बिच भिडन्त हुदैछ ।

हरीपुर्वा नगरपालिका महेन्द्र राय यादवको गाँउ भएको नगरपालिका हो याँहा नेपाली काँगे्रस र राजपा बिच कडा प्रतिस्पर्धा हूदैछ ।याहाँ काँग्रेसका कमान सियाराम यादवले सम्हालेका छन भने राजपाका बिरेन्द्र यादवल कमान सम्हालेका छन् ,पर्सामा राम नरेश रायको छोरा राजपाबाट र राजपाकै बागि उम्मेदवार संधिय समाजबादी फोरमबाट लडदैछ छन् भने लडदै छन याहाँ संसफोरम बलियो देखिन्छ ।

बह्रमपुरी गाँउपालिकामा समेत संसफोरम का बिरेन्द्र राय बलिया उम्मेदवार छन भने याहाँ उनको लडाई राजपासंग हुदैछ । चन्द्र नगर गाँउ पालिका राजेन्द्र महतोका दाई महेन्द्र महतो लडदै छन् उनको भिडन्त उनकै पार्टिबाट माओबादीमा गएका चेतनारायण महतोंसंग हुदैछ भने याँहा माओबादी नै बलियो रुपमा देखिएको छ ।

त्यस्तै कबिलासि नगरपालिकामा संधिय समाजबादी फोरमका  ब्रहमदेव राय एमाले बाट तत्कालै राजपाबाट बिद्रोह गरी एमाले गएका बिनय कुमार कर्ण र राजपाबाट कौशल यादव तथा माओबादी बाट लडदै छ भने याहाँ संसफोरमका उम्मेदवार निकै बलिया देखिन्नछ ।

यसरी सर्लाहीका बिसवटै स्थानिय तहमा लगभग लगभग नेपाली काँग्रेस चार देखि पाँच सिट ,एमाले तिन देखि चार सिट माओबादी चार देखि पाँच सिट ,राजपा पाँचदेखि छ सिट संधिय समाजबादी फोरम तिन देखि चार र एक सिटमा स्वतन्त्र जित्ने संभावना देखिएकोे छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..