» » मधेसमा पहिलो पार्टी हुने फोरम नेपलको दावी

काठमाडौं भाद्र ३० गते । संघीय समाजवादी फोरम नेपाल स्थानीय तह निर्वाचनमा सहभागी भएसँगै मधेसमा पनि यस पार्टीमा प्रवेश गर्नेहरुको भीड बढेको छ । 

स्थानीय तह निर्वाचन २०७४ को तेस्रो चरण निर्वाचन मिति नजिकिँदै जाँदा मधेसमा फोरम नेपाल प्रवेश गर्नेहरुको भीड थामिन सक्नु गरी बढेको छ ।

नव प्रवेशीहरुको लहर बढेसँगै केही दिन यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ढुक्क भएर मधेसमा राजनीतिक गतिविधि गर्नमै व्यस्त रहनु भएको छ ।

 पहिचान, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक लँडाई गरिरहेको फोरम नेपालप्रतिको आकर्षण झन्झन् बढ्दो छ ।
प्रस्तावित मधेस प्रदेशलाई राज्य र संविधानले प्रदेश नम्बर २ को संज्ञा दिएर बेनामे बनाएपछि मधेसमा राज्यसत्ताको एकलकाँटे रवैया विरुद्ध जनआक्रोश चुलिएको थियो । 

राज्यसत्ताको सो बेइमानीविरुद्ध मधेस, पहाड र हिमालका जनतालाई एकत्रित गरेर आन्दोलनको मूल नेतृत्व गरिरहेको फोरम नेपाल पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएर चौंथो दलको हैसियत प्राप्त गरेसँगै मधेसमा पार्टी प्रवेशको लहर बढेको हो ।

हाल मधेसमा अर्को बलियो मानिएको राष्ट्रिय जनता पार्टीलाई फोरम नेपालको चुनावी लहरले ठूलै राजनीतिक धक्का लागेको राजनीतिक विश्लेषकहरुले दावी गरेका छन् । 

स्रोतका अनुसार मधेसमा केही दिनयता दैनिक १ हजार भन्दा बढी विभिन्न दलमा आबद्ध राजनीतिक नेता कार्यकर्ता र सर्वसाधारण जनता फोरम  नेपाल प्रवेश गर्दै आएका छन् ।

त्यस्तै, पार्टी उपाध्यक्षहरु रेणु यादव, लालबाबु राउत गद्दी लगायत अन्य केन्द्रीय नेताहरु पनि मधेस केन्द्रीय चुनावी अभियान र पार्टी गतिविधि बढाउन क्रियाशील रहँदै आएको पार्टी जनाएको छ ।


बुधबार मात्रै एक विशेष समारोहको आयोजना गरेर राजपाका प्रभावशाली नेता केन्द्रीय सदस्य वृजेन्द्र मिश्रा (बुलन मिश्रा) लगायत फोरम नेपाल प्रवेश गरेका छ्न । 

फोरम नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादवको प्रमुख आतिथ्य र संघीय प्रेस फोरमका उपाध्यक्ष आतिश मिश्रको विशेष उपस्थितिमा राजपा नेता मिश्रासहितको  जम्बो टोली प्रवेश गरेको हो । 

बुलन मिश्राको टोली ससफो नेपालमा प्रवेश गरेपछि चुनावको संघारमा राजपालाई महोत्तरी जिल्लामा ठूलो धक्का लागेको विश्लेषकहरुले दावी गरेका छन् ।

यस्तै बुधबार नै नेपाली काँग्रेसका प्रभावशाली नेता सुखदेव यादवसहित ठूलो संख्यामा फोरमे नेपाल प्रवेश गरेका छन् । 

उनीसँगै काँग्रेसका चर्चित नेताहरु विरेन्द्र यादव र विनोद गुप्ता पनि फोरमे नेपालमा प्रवेश गरेपछि महोत्तरीमा चुनावी परिणाम फोरम नेपालको पोल्टामा पर्ने आँकलन गर्न थालिएको छ ।

फोरम नेपालमा मधेसका सप्तरी, पर्सा, महोत्तरी, सर्लाही, धनुषा जिल्लाबाट पार्टी प्रवेश गर्नेहरुको लहर बाक्लिँदै गएको छ । 

दैनिक जसो हजारौंको संख्यामा पार्टी प्रवेशसँगै फोरम नेपाल मधेसमा आफू पहिलो पार्टी बन्ने दावीसहित चुनावी अभियानलाई तीव्रता दिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..