» » दुई नम्बर प्रदेशको हालसम्मको अपपडेट

काठमाडौ असोज ३ गते । जनकपुर उपमहानगरपालिकामा ८ सय मतगणना भएसम्मको ताजा मतपरिणाम अनुसार राजपा नेपाल मेयरमा ४३२ र उपमेयरमा २७४,नेपाली काँग्रेस मेयरमा १५६ उपमेयरमा १२९,नेकपा एमाले मेयरमा ३१ उपमेयरमा २९ र नेपाल लोकतान्त्रिक फोरमको मेयरमा १२ र उपमेयरमा ६ मत प्राप्त भएको छ ।

आन्तरिक चलखेल गर्नका लागि धनुषाको हंसपुर नगरपालिकाको मतगणना स्थगन गर्ने सुनेपछि उम्मेदवारहरु चिन्तित र आक्रोशित,काँग्रेस नेता राम कृष्ण यादव मतगणना स्थल भित्र पसेको भन्दै नाराबाजी,काँग्रेसलाई जिताउन चलखेल हुन सक्ने उम्मेदवारहरुको दाबी रहेका छन्।

धनुषाको मिथिला विहारी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरा प्यानल विजयी भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ मा एमाले,वडा नम्बर ३ मा फोरम, वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय कुमार साह र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ मा माओवादीको जित भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी,माओवादी केन्द्रका उम्मेदवार कपिल देव राउत प्यानलसहित जिते ।

धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिका वडा नम्बर १ र २ मा एमाले विजयी भएको छ ।  धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार हरिनारायण महतो १७६ मत ल्याएर अग्र स्थानमा,नेपाली काँग्रेसका मेयर उम्मेदवार राजकुमार महतो १४६ मत सहित दोश्रो र स्वतन्त्र उम्मेदवार राजाराम महतो १७४ मतका साथ तेश्रो स्थानमा रहनु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर,विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर,मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा कौशल यादव र मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. २ मा नरेश यादव विजयी हुनुभएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा संघिय समाजवादी फोरमका धर्मेन्द्र गोइत विजयी, वडा सदस्यमा उपेन्द्र यादव,जान मोहम्मद, अनार देवी सदा र गंगा देवी मण्डलले जित्नु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसबाट शैलेन्द्र महतो प्यानलसहित विजयी, औरही नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एमालेका उम्मेदवार शिवनाथ यादव निर्वाचित हुनुभएको छ ।

गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ मा माओवादी केन्द्रको कब्जा,माओवादी केन्द्रका सत्यनारायण कुवँर २०८ मत ल्याई प्यानल सहित निर्वाचित हुनुभएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर १४ मा नेपाली कांग्रेसका भरत हमाल र वडा नं. १ को अध्यक्षमा चुडामणि पोखरेल निर्वाचित,सम्सी गाँउपालिका वडा नं. १ मा नेपाली कांग्रेसका विपीन विहारी विजयी हुनुभएको छ ।

२ नम्बर प्रदेशमा हामी ८५ सीटमा जित्ने छौँ,नेपाली कांग्रेसका बरिष्ठ नेता विमलेन्द्र निधिको दाबी छ । रौतहटको वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप,स्थिति तनावग्रस्त,मतगणना स्थगित भएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकियो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमाले विजयी,एमालेका इलियास देवान प्यानलसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

प्रदेश नम्बर २ को ३ उपमहानगरपालिका मध्ये बाराका दुई उपमहानगरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा,कलैयामा कांग्रेस र जितपुर सिमरा उपमहानगरमा एमालेको अग्रता रहेको छ। जितपुर सिमरा उपमहानगरको २४ वडामा एमाले विजयी,मेयर र उपमेयरमा पनि एमालेकोे अग्रता रहेको छ ।

राजविराज बाहेक १३५ वटै स्थानीय तहको मतगणना जारी,राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सरु हुनेछ ।

 पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता कायमै,संघीय समाजवादी फोेरमका मेयर प्रद्युम्न चौहान ५६० मतका साथ अग्र स्थानमा,उपमेयरमा पनि समाजवादी फोरमकै सल्मा खातुन ५३८ मतका साथ अग्र स्थानमा रहनु भएको छ।

 वीरगञ्ज महानगरपालिकाको मेयरमा राजपाको अग्रता,पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकामा एमाले अग्र स्थानमा रहनु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ बाट एमाले प्यानलसहित जितेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..