» » कृषि क्षेत्रलाई व्यावसायिक बनाइनुपर्ने


काठमाडौँ साउन २४ गते । कृषि विकासमन्त्री रामकृष्ण यादवले कृषि क्षेत्रलाई व्यावसायिक बनाइनुपर्ने बताउनुभएको छ ।

नेशनल एग्रिबिजनेश इनोभेसन सेन्टरको हिजो साँझ उद्घाटन गर्दै उहाँले नेपाली कृषि क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन इनोभेसन सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

“नेपालको दुईतिहाई जनसंख्या कृषि पेशामा छन् तर कृषिको विकास हुन सकेको छैन”–मन्त्री यादवले भन्नुभयो । उहाँले कृषि विकास रणनीति प्रयोगमा आएको भन्दै अब यस रणनीतिले कृषि विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले बदलिँदो परिस्थितिसँगै कृषि विकास मन्त्रालय अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले इनोभेसन सेन्टरमा निर्माणमा मन्त्रालयले सहयोग गरेपनि यो नीजि क्षेत्रको कार्यक्रम भएको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालले कृषि क्षेत्रमा विकास नगरेसम्म देशको विकास हुन नसक्ने भन्दै कृषि क्षेत्रको विकासका लागि कानुन सच्याउनुपर्ने बताउनुभयो ।

विश्व बैंकका कृषि विज्ञ पूर्णबहादुर क्षेत्रीले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म देशको विकास नहुने उल्लेख गर्नुभयो ।

व्यावसायिक कृषि परियोजनाका परियोजना निर्देशक डा गोविन्दप्रसाद शर्माले साना तथा मझौला व्यवसायीको व्यवसाय वृद्धिका लागि इनोभेसन सेन्टर स्थापना गरिएको स्पष्ट पार्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..