» » कृषि विकास कार्यालयलाई राष्ट्रिय पुरस्कार

नवलपरासी, साउन २४ गते । जिल्ला कृषि विकास कार्यालय, नवलपरासीले राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ ।

जिल्ला कृषि विकास कार्यालय, नवलपरासी उत्कृष्ट जिल्लाका रुपमा छनोट भई राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको हो । क्षेत्रीय कृषि निर्देशनालय, पोखराले आयोजना गरेको एक कार्यक्रमबीच सो पुरस्कार वितरण गरिएको थियो ।

कृषि मन्त्रालयका सचिव ईश्वरराज रिजाल र कृषि विभागका निर्देशक डिलाराम भण्डारीले संयुुक्तरुपमा जिल्ला कृषि विकास कार्यालय, नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

कार्यालयले गत आव २०७३÷७४ भित्र कार्यालयले गरेको कामलाई मूल्यांकन गर्दै कृषि मन्त्रालयले नवलपरासी कार्यालयलाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..