काठमाडौ भदौ १५ गते । रातोपाटी डट कममा कार्यरत पत्रकार राजकुमार सिग्देललाई राष्ट्रिय पत्रकार संगठन (नाटोज) ले नाटोज पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।
नाटोजको चौथो वार्षिक साधारणसभामा सिग्देललगायत कृष्ण ताम्रकारलाई समेत सम्मान गरेको छ । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । पुरस्कारको राशी रु १० हजार र सम्मानपत्र रहेको छ ।
पुरस्कार प्रदान गरेपनि सञ्चारमन्त्री बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताउनु भएको छ ।
‘पर्यटनका साथै कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो, उहाँले भन्नुभयो, राज्यको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’
मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर सकारात्मक सन्देश प्रवाह गर्न लागेको बताउनुभयो ।

No comments: