» » एकैदिन तीन ठाउँमा चोरी

राजविराज, भदौ  १५ गते । सप्तरीको खडक नगरपालिका–९ र १० मा गएराति एकैचोटि तीन ठाउँमा चोरी भएको छ । 

सोही नगरपालिकाको इनवा फुलबडियाका  रामाकान्त चौधरीको घर र लालपट्टि टोलका इबराहिम तथा हरि चौधरीको घरमा शृंखलाबद्धरुपमा चोरी भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिनुभयो । 

चोरले उनीहरुको घरमा रहेको नगद जिन्सीसहित सुनचाँदीका  गरगहना र भाँडावर्तन गरी रु १० लाख मूल्य बराबरको सामान चोरी भएको पीडितले बताएका छन्  । 

सो क्षेत्रमा दुई महिनादेखि लालपुर, बरहा बनौली, फुलबडियासहितका गाउँमा चोरी गर्ने चोर सक्रिय रहेको बताइएको छ । 

चोरी गर्ने समूहको खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..