» » राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिनलाई सात दिनको अल्टिमेटम दिने

काठमाडौ साउन २४ गते । राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन लिने चेतावनी दिएको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर एकआन्दोलनमा जान दिएको सुझावका आधारमा सो चेतावनी दिएको छ । बैठकपछि आफ्नो कुरा राख्दै पार्टीका संयोजक महन्थ ठाकुरले सात दिनको अल्टिमेटम दिएर सरकारबाट समर्थन फिर्ता लिने धारणा राख्नु भएको हो ।

संसदबाट राजिनामा दिएर सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने कुरा बैठकमा उठेपछि संयोजक ठाकुरले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, सरकारले मधेशको माग पूरा गर्ने विषयमा कुनै कदम चालिरहेको छैन, यस अवस्थामा सरकारलाई समर्थन दिइ राख्नु राम्रो होइन, यद्यपी शुरुमा सात दिनको अल्टिमेटम दिने त्यसपछि पनि सरकारले काम गरेन भने फिर्ता लिन्छौ ।’

अहिलेसम्म हामी संसदमा छौं, जुन संसदमा हाम्रो भूमिका रहदैन, राज्यले भूमिका विहिन बनाई दिन्छ, त्यही दिन संसदबाट पनि राजिनामा दिएर आन्दोलनमा जान्छौ, उहाँले भन्नुभयो, ।

बोलाएको बेला वर्तामा जान्छौ, कुरा गर्छौ भने त्यसलाई कमजोरी नठान्न पनि उहाँले चेतावनी दिनुभयो । राज्यले मधेशी जनतालाई नेपाली नागरिक समेत नसम्झेको आक्रोश पोख्दै उनले सबै क्षेत्रमा समावेशी हुनुपर्ने धारणा राख्नुभयो ।

बबरमहलमा तीन दिनसम्म बैठक चलेको थियो । चुनावमा जाने कि नजाने विषयमा चर्को बहस भएको थियो । आज बैठक सकिएको छ । बैठकबाट भएको निर्णयको बारेमा जानकारी गराउनका लागि राजपा नेपालले विहिवार पत्रकार सम्मेलन गरि आफ्नो निर्णय सार्वजनिक गर्नेछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..