» » सुष्मा स्वराजको प्राथमिकतामा राजपा नेपाल

काठमाडौ साउन २६ गते । परराष्ट्रमन्त्री स्तरीय विमस्टेक बैठकमा भाग लिन नेपाल आउनु भएका भारतीय विदेश मन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाटलाई तीब्रता दिनुभएको छ ।

उहाँले आफ्नो आफ्नो औपचारिक भेटघाटको शुरुवात प्रधानमन्त्री शेरबहादुर देउवाबाट शुरु गर्नुभएको छ । ४ः३० बजे प्रधानमन्त्री देउवालाई भेटसकेपछि ५ः३० बजे राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटनु हुनेछ ।

त्यसपछि सोल्टी होटलमा हुने कार्यक्रममा सहभागि भएपछि राती नौ वजे राजपा नेपालका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

राजनीतिक दलहरुसँगको भेटघाटमा राजपा नेपाललाई नै प्राथमिकतामा उहाँले राख्नुभएको छ । उहाँले काँग्रेस, माओवादी केन्द्र, एमालेलगायतका दलका नेताहरुलाई पनि भेट्ने तयारी गर्नुभएको छ तर सबभन्दा पहिले आन्दोलनरत राजपा नेपालका नेताहरुसँग भेट गर्नुलाई यहाँ विभिन्न अर्थमा हेरिएको छ ।

स्रोतका अनुसार राजपा नेपालका नेताहरुले प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु भन्दा पहिले नै सविधान संशोधनको विषय टुगों लगाउनका लागि सुझाव दिन भन्नका लागि सुष्मालाई उहाँहरुले भट्न लाग्नु भएको हो ।
प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जान लाग्नु भएको हो । उहाँले भारत भ्रमणबाट फर्केपछि संशोधन विधेयकको बारेमा टुगों लगाउनु भन्नुभएको छ ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..