» » राजपा नेपालका विद्यार्थी संगठनमा अध्यक्ष मण्डल प्रणाली कि एक नेतृत्वमा चलाउने बहस

काठमाडौ साउन २८ गते । राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन समायोजन गर्ने तयारी भइरहेको छ त्यसका लागि विभिन्न कार्यदलहरु पनि बनाएको  छ ।

सामायोजना कसरी गर्ने भने विषयमा दैनिक जस्तो छलफल भइरहेको छ । विद्यार्थी संगठनमा एउटा बहस शुरु भएको छ । छवटा पार्टीको विद्यार्थी संगठनलाई कसरी समायोजना गर्ने विषयमा छलफल जारी छ ।
त्यसमा कसैले अध्यक्ष मण्डल नै रहनुपर्छ भनिरहेका छन् भने कसैले एक नेतृत्वको संगठन बनाउने सुझाव दिएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टी निकटका तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले आफू एकल नेतृत्वको पक्षमा रहेको बताउनुभयो । राजपा नेपाल अध्यक्ष मण्डलीय व्यवस्थाबाट सञ्चालन भएपनि विद्यार्थी संगठनलाई एकल नेतृत्व (एकजना अध्यक्ष) बाट सञ्चालन गर्न चाहेको बताउनुभयो ।

अध्यक्ष मण्डलको मार्फतबाट संगठन चलाउन सजिलो नहुने उहाँले बताउँदै भन्नुभयो, यो पार्टी जस्तै होइन, एउटा भातृ संगठन मात्र हो, यसमा छजना अध्यक्ष भयो भयो सञ्चालन विधिमा अप्ठ्यारो हुन्छ ।’

सबैको सल्लाहमा एकजना अध्यक्ष त्यसपछि अन्य पदहरु निर्माण गरेर समायोजन गर्दा नै राम्रो हुने बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..