» » जनकपुर–जलेश्वर सडकखण्डमा अन्तरिम आदेश

काठमाडौँ, साउन १७ गते । सर्वोच्च अदालतले जनकपुर–जलेश्वर सडकखण्ड तोकिएको मितिमै निर्माण सम्पन्न गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज तोकिएको समयमै गुणस्तरयुक्त सडक निर्माण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

आदेशमा तोकिएको समयमै सडक निर्माण कार्य सम्पन्न गर्न तथा एक वर्ष बितिसक्दा पनि उक्त सडक निर्माण हुन नसक्नुको कारण देखाउनसमेत भनिएको छ ।

निर्माणमा रहेको चार लेनको सडकखण्डमा तत्काल एक लेन ग्राभेल सम्पन गर्नसमेत आदेशमा भनिएको छ ।

जनकपुर जलेश्वर सडकखण्ड तत्काल निर्माण सम्पन्न गर्न माग गर्दै अधिवक्ता दीपेन्द्र झाले यही साउन ८ गते रिट निवेदन दायर गर्नुभएको थियो । निवेदनमा समयमा सडक निर्माण हुन नसक्दा हिलाम्मे र खाल्डाखुल्डी भएको सडकका कारण दुर्घटना बढेकाले गम्भीर मानवअधिकार उल्लङ्घनको रक्षा गर्न माग गरिएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..