» » दलित नेता रामको निधन


लामो समयदेखि मुटु रोगबाट पीडित ७० वर्षीय रामलाई आज बिहान सप्तरीको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीस्थित आफ्नै निवासमा हृदयाघात भएलगत्तै आफन्तजनले लहानस्थित अस्पताल पु¥याए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको मृतकका छोरा गणेशले जानकारी दिनुभयो ।

सिरहा र सप्तरीमा भएको सिनो बहिष्कार आन्दोलनबाट चर्चित रामले भूमिहीन सुकुम्बासीको अधिकार तथा दलित अधिकारका लागि अभियान चलाउँदै आउनुभएका थियो । उहाँ जनचेतना दलित संगमका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । रामको आजै गृह गाउँमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ । मृतक रामका दुई छोरा र दुई छोरी छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..