काठमाडौ साउन १७ गते । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव जित्का लागि विभिन्न रणनीतिहरु बनाउनु भएको छ ।
उहाँले स्थानीय तहको चुनावमा आआफ्नो जिल्लाबाट स्थानीय तहमा उम्मेदवार जिताएर ल्याउनेलाई पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
नेपाल लोकतान्त्रिक फोरम आठौ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गच्छदारले असोज २ गते हुन गइरहेका तेस्रो चरणको स्थानीय तहको चुनावमा प्रत्येक नेताले आआफ्नो जिल्लाबाट एक एकजना उम्मेदवार जिनेताएर ल्याउन निर्देशन दिनुभएको छ ।
एकजना मेयर, नभए उपमेयर, त्यो पनि नभए गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष त्यो पनि नभए आआफ्नो वडाका अध्यक्ष त्यो पनि नभए एकजना वडा सदस्य त जसरी पनि जिताएर ल्याउनुपर्ने ँिनर्देशन दिदै उहाँले भन्नुभयो, त्यसबापत म पुरस्कार दिन्छु ।
कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरु कुनै नकुनै जिल्लाका अवश्य हुनुहुन्छ, त्यसो भए पक्कै पनि कुनै गाउँको वा नगरपालिका वा वार्डको मतदात हुनुहुन्छ होला, त्यसैले तपाईको कर्तव्य हो एकजनालाई जसरी पनि जिताउने ।’
उहाँले पुरस्कार दिनुको साथै ती नेतालाई पार्टीले उच्च मूल्यांकन गर्दै प्रदेश तथा केन्द्रको चुनावमा त्यस्ता व्यक्तिलाई टिकटको प्राथमिकतामा पनि राख्ने घोषणा गर्नुभयो ।
मधेश दलका नेतालाई यस्ता जवाफ
मन्त्री गच्छदारले उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राजपा नेपाल घुमीफिरी आफ्नै बाटोमा आएको टिप्पणी गर्नुभयो । सविधान पुनर्लेखन तथा खारेजको अवाज उठाउने उपेन्द्र यादव चुनावमा भाग लिएको टिप्पणी गर्दै मन्त्री गच्छदारले मधेशवादी दलको बिल्लीबाँठ भएको टिप्पणी गर्नुभयो ।
सविधान संशोधन गर्नुपर्छ, खारेज गर्नुपर्छ भन्ने उपेन्द्र यादवका अडान अहिले कहाँ गयो ? उनले उपेन्द्रजी सविधानको विपक्षमा कडा अभिव्यक्ति दिनुभएको थियो तर अहिले सबै अभिव्यक्ति उहाँको हराएको छ, पहिलो चरण र दोस्रो चरणको चुनावमा भाग लिनुभएको छ । अब तेस्रो चरणको चुनावमा पनि भाग लिनुहुन्छ ।’
आफू सविधान निर्माणमा सहभागि भएको बेला मधेशी मोर्चाका नेताहरुलाई गद्दार भनेको स्मरण गर्दै उहाँले अहिले उनीहरु आफूले रोजेको बाटोमा आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, म ठिक थिए त्यो कुरा अहिले आएर प्रमाणित भएको छ ।’
अहिले राजपा नेपालको हालत पनि उस्तै छ, सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भनिरहेको छ तर बाध्य भएर उनीहरु पनि चुनावमा भाग लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, अब राजपा नेपालले सहिदका छोराछोरी, आमा बुवालाई के जवाफ दिन्छ, उपेन्द्रजी चुनावमा आउनु भयो, राजपा नेपाल पनि चुनाव आउँछ त्यसपछिको अवस्था के हुन्छ ? हामी जहाँ उभिएका थियौं त्यहाँ अहिले राजपा नेपाल उभेको छ ।’
तेस्रो पार्टी बनाउने योजना
उहाँले राजपा नेपाल र फोरम नेपालको जस्तोसुकै आलोचना गरेपनि चुनावमा कार्यगत एकता गर्ने प्रस्ताव गर्नुभएको छ ।
स्थानीय तहको चुनावमा राजपा नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरम मिलेर चुनाव लड्यो भने मधेशमा पहिलो पार्टी हुने र देशमा तेस्रो पार्टीको रुपमा स्थापित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, उनीहरुले यो कुरालाई कतिको बुझेका छन् मलाई थाह छैन, तर यी तीन दलबीच तालमेल होस् भनि म आफै प्रस्ताव गर्छु ।’
त्यसैगरि, उहाँले प्रदेश तथा केन्द्रको चुनावमा आफ्नो पार्टीले यस्तो मत ल्याउने छ जसले गर्दा आफ्नो पार्टीबाहेक कसैको सरकार नबन्ने दावी गर्नुभयो ।
अगामी दिनमा लोकतान्त्रिक फोरम निर्णायक शक्तिका रुपमा आउने बताउँदै उहाँले आफ्नो पार्टी जोसँग सहकार्य गर्छ त्यही पार्टी एक नम्बरको पार्टी हुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, काँग्रेससँग तालमेल गर्दा काँग्रेस एक नम्बरको पार्टी बन्छ, एमालेसँग गर्दा एमाले एक नम्बरको पार्टी बन्छ, माओवादसँग गर्दा माओवादीका पनि पोजिसन राम्रै हुन्छ ।
No comments: