» » चौध वर्षदेखि फरार महिला पक्राउ

मोरङ, साउन २५ गते । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिनुभयो ।

अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । अदालतले लागु औषध मुद्दामा २०६० साल कात्तिक १९ गते साहलाई ११ महिना १९ दिन कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..