» » हिमानीले भन्नुभयो, जनताको दुःखमा हिमानी कोष सदैव साथमा छ

वीरगंज, भदौ १० गते । पूर्व युवराज्ञी हिमानी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै घरबार विहीन भई प्रभावित भएका जनताहरू प्रति गहिरो दुःख प्रकट गर्दै आफूहरू जनताको दुःखमा सदैव साथ रहेको बताउनु भएको छ ।

पर्सा र बारा जिल्लाका बाढी प्रभावित जनताहरूलाई राहत प्रदान गर्न आइपुग्नु भएकी पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले सिमरास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताउनुभएको छ ।

हिमानी कोषकी अध्यक्ष समेत रहनु भएकी शाहले देशमा बाढी आइरहँदा आफूहरू देशबाहिर भएको हुँदा जनता सामु पुग्न केही ढिलो भएको बताउनुभयो ।
पूर्व युवराज्ञी शाहले रौतहट लगायतका क्षेत्रमा बाढीबाट भएको क्षति र त्यहाँका जनताको जनजीवनबारे चासो व्यक्त गर्नु भएको थियो ।

यस अघि बुधवार विहान बारा र पर्साका प्रमुख जिल्ला अधिकारीको समान्यमा पर्साको पोखरीया र बाराको भलुहींका पाँच सय बाढी पीडित परिवारलाई हिमानी कोषकी अध्यक्ष शाहले राहत प्रदान गर्नु भयो ।

उक्त राहत वितरण कार्यक्रममा पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहसँगै पूर्व नव युवराज ह्दयेन्द्र वीर विक्रम शाह, नव युवराजकुमारी कृतिका राज्यलक्ष्मी देवी शाह, हिमानी ट्रस्टकी सदस्य सचिव  श्री मल्ल, सल्लाहकार अनिता केसी,  फाइनान्स अफिसर अदिती सिंह, फिल्ड कोअर्डिनेटर हेमन्त दाहाल, बोर्ड प्रतिनिधि सवन्ना वैद्य लगायतको उपस्थिति थियो ।

हिमानी कोषले बाढीपीडितका प्रति परिवार त्रिपाल, १० किलो चामल, पहेलो÷कालो दाल ५ किलो, नुन तीन प्याकेट, खानेतेल १ लिटर,  चिउरा तीन किलोग्राम, विस्कुट ६ प्याकेट लगायतका सामग्री प्रदान गरेको कोषकी सदस्य सचिव श्री मल्लले जानकारी गराउनु भयो ।



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..