» » प्रतिवेदन पारित गर्दै राजपा नेपालको बैठक सक्यो

काठमाडौ साउन २४ गते । पार्टीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ ।

राजपा नेपालका संयोजक महन्थ ठाकुरले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरि  सर्वसम्मतिले पारित भएको छ ।

सो प्रतिवेदनमाथि तीन दिनसम्म छलफल भएको थियो । सरकारसँग भएको तीन बुँदे माग पूरा नभएसम्म स्थानीय तहको चुनावमा भाग नलिने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो विषयमा केन्द्रित रही पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले मिश्रित धारणा राखेका छन् । त्यसमध्ये अधिकाँशको धारणा चुनावमा जानुपर्ने नै थियो । पार्टीका सहअध्यक्ष ह्रदयश त्रिपाठी, उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला, निलम वर्मा, मृगेन्द्र सिंह यादव,  महासचिवहरु जंगीलाल राय यादव, अजय गुप्ता, केशव झालगायतले नेताहरुले चुनावकै पक्षमा बोल्नु भएको थियो ।

चुनावलगायत विभिन्न किसिमका कुरा बैठकमा उठेको थियो । ती सबै कुरालाई समेटी प्रतिवेदनलाई परिमार्जन गर्दै पारित भएको महासचिव जितेन्द्र सोनलले जानकारी गराउनुभयो । प्रतिवेदनमा उल्लेख चुनावको विषय यथावत रहेको पनि उहाँले बताउनुभयो । साथै विवादीत पार्टीको विधान बारेमा पार्टीको विधानप्रति बैठकमा व्यापक आलोचना भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..