» » रौतहटमा बाढीका कारण मृत्यु हुनेको सँख्या १३ पुग्यो

रौतहट, साउन ३० गते । अविरल वर्षापछि आएको बाढीमा परी आज थप चार जनाको शव भेटिएपछि जिल्लामा मृत्यु हुनेको संख्या १३ पुुगेको छ ।

आज बिहान गौर नगरपालिका–८ गौरीशंकर क्याम्पसका छेउमा स्थानीयवासी बाबर मियाका छोरा मुसरफ सर्फेदको शव भेटिएको थियो ।

त्यसैगरी दुर्गा भगवती गाउपालिका–१ भलोहियाका १८ वर्षीय सर्फुन भाट, गुजार गाउँपालिका–६ का अमिरी रामका २१ वर्षीय छोरा नागेन्द्र र गौर नगरपालिका–१२ पुरेनवा दरबारका सुरेश साहको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

 आइतबार परोहा गाउँपालिका लौकाहा गाउँका एकै परिवारका छसहित नौ जनाको मृत्यु भएको थियो ।

यता अझै गौर नगरपालिकाअन्तर्गत वनजरहा, महादेवपटी, बडहरवा, वसतपुुर, मुुडवलवा, सिर्सिया, ब्रह्मपुुरी, सबगढा, देवाही, करुनिया, जिंगडवा, बरियारपुुर, गम्हरिया, पर्सालगायत गाउँ अझै डुुबानमा रहेको प्रहरीले जनाएको छ ।

 डुुबानमा रहेका गाउँका बासिन्दा आफन्त र विद्यालयमा शरण लिएर बसेका छन् । उनीहरुले आफूहरुले अहिलेसम्म पनि राहत पाउन नसकेकोे गुुनासो गरेका छन् । घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै छाडेर भागेको र अहिले तीन दिनदेखि भोकै बस्नुपरेको उनीहरुको भनाइ छ ।

यसैबीच शहरी विकासमन्त्री प्रभुु साह, सांसद सुुनिलकुुमार यादव, अमरेश सिंह, रामकुमार भटराईलगायतको टोलीले आज जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..