काठमाडौ साउन १७ गते । उपप्रधानमन्त्री एवं नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनावमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले राजपा नेपालको मागहरु पूरा गर्नका लागि गृहकार्य शुरु गरेको बताउँदै उहाँले त्यो दल पनि चुनावमा आउने विश्वास आफूलाई लागेको बताउनुभयो । आफू सरकारमा सहभागि भएपछि सहिद घोषणा गराउनुदेखि लिएर थारुहरुलाई क्षतिपूर्ति तथा मधेश आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लगायका काम गरेको उहाँले बताउनुभयो ।
यति भइसक्दा पनि उहाँहरु चुनावमा नआए आफै समाप्त हुने बताउँदै उहाँले चुनावमा भाग लिने बाध्यता उहाँहरु समक्ष आइपरेको बताउनुभयो ।
सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने हठ पहिलादेखि नै नलिनुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले राजनीतिक परस्थिति हेरेर पाइला चाल्नुपर्ने राजपा नेपाललाई सुझाव पनि दिनुभयो । आफ्नो पार्टीले सविधान निर्माणमा सहयोग पुर्याउँदा मधेशी मोर्चाका नेताहरुले आफूलाई गद्दार भनेको स्मरण गर्दै उहाँले अहिले त्यही मोर्चाका नेताहरु सविधान संशोधन नगराई चुनावमा भाग लिएको टिप्पणी गर्नुभयो ।
लोकतान्त्रिक फोरम आठौ वर्ष पुरा गरि नवौ वर्षमा प्रवेश गरेको अवसरमा हिजो सोमवार आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै उहाँले सविधानको पुनर्लेखनको माग गर्ने फोरम नेपाल चुनावमा भाग लिएको छ, अब राजपा नेपाल पनि त्यसैगरि दुई नम्बर प्रदेशको चुनावमा भाग लिने बताउनुभयो ।
लोकतन्त्रलाई संस्थागत गर्नका लागि सबभन्दा महत्वपूर्ण पक्ष भनेको चुनाव नै हो, संसदीय राजनीतिकलाई स्वीकार गर्ने कुनै पनि दलले चुनावको विरोध गर्न सक्दैन, उहाँले भन्नुभयो, संघीयता र गणतन्त्रलाई जोगाउनका लागि नै मैले १६ बुँदे सम्झौता गराउन तीन दलका नेताहरुको बीचमा सहमति गराएको हुँ ।’
उहाँले १६ बुँदे सम्झौता नगराएको भए नसविधान निर्माण हुन्थ्यो, नगणतन्त्र बाँकी रहन्थ्यो भन्दै त्यही १६ बुँदे सम्झौताको जगमा मुलुक अगाडि बढेको धारणा राख्नुभयो ।
उहाँले असोज २ गते हुने स्थानीय तहको चुनावमा पार्टीलाई जिताउनका लागि पार्टीले विभिन्न रणनीतिक तयार गरिरहेको र केही दिनमै सार्वजनिक गर्ने बताउनुभयो । उहाँले चुनावको तयारीका लागि आआफ्नो क्षेत्रमा जानका लागि नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

No comments: