» » खाँरो नदीमा आएको बाढीले बगाउँदा डोमी यादवको मृत्यु

राजविराज साउन २६ गते । सप्तरीको देउरी भरुवास्थित खाँरो नदीमा आएको बाढीले तटबन्ध भत्काउँदा एकजनाको ज्यान गएको छ ।

कटान भइरहेको सो तटबन्ध जोगाउनका लागि गएका ५५ वर्षीय डोमी यादवको मृत्यु भएको पूर्व सिँचाई मन्त्री एवं माओवादी केन्द्रका नेता उमेश यादवले जानकारी गराउनुभयो । तटबन्ध जोगाउनका लागि खटिएका सेना र प्रहरीलाई सघाउन पुग्नु भएका डोमी यादवलाई ढिस्कोसँग बाढीले बगाएपछि उहाँको मृत्यु भएको उहाँले बताउनुभयो  ।

उहाँलाई सरकारले तत्काल राहत प्रदान गर्नुपर्छ भनि नेता यादवले जोडदार माग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर रहेका डोमीका दुईटा छोरा छन्, दुईटै लाटो रहेका छन् ।

खाँरो नदी कटान भएपछि राजविराज सदरमुकामलाई नै प्रभावित पार्ने देखिएको छ । तटबन्धहरु निर्माण गर्दा त्यसमा भएको भ्रष्टाचारको नतिजा हो । अनियमितता नगरि तटबन्ध बनाएको भए आज डोमी यादवको ज्यान जाने थिएन, नेता यादवले भन्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..