» » राजपामा संयोजकलाई नै कारवाही

काठमाडौ, साउन १७–असार १४ गते भएका स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी नेपालका स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको आरोपमा राजपा नेपाल रुपन्देही जिल्लाका अजय वर्मामालाई संयोजक पदबाट हटाएको छ ।

रुपन्देही जिल्ला अध्यक्ष मण्डलको आइतावार बसेको बैठकले वर्मालाई हटाएको अध्यक्ष मण्डलका सदस्य नागेन्द्र सहनीले बताउनुभयो ।

वर्माको संयोजक पद असार २७ गतेसम्म मात्र थियो तर केन्द्रमा संयोजक फेरिएको छैन यहाँ किन फेर्ने भन्दै छाड्दै आइरहेको थियो । वर्माले संयोजक पदमा रहेर स्वतन्त्र उम्मेदवार खडा गरेका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई चुनावमा सघाएको आरोप उहाँमाथि थियो ।

चुनाव सकिएपनि वर्मा पार्टीको कुनै गतिविधिमा हुनुहुन्थेन । नपार्टीको कुनै बैठक बसाई रहनु भएको थियो न पार्टीको सम्पर्कमै हुनुहुन्थ्यो त्यही भएर उहाँलाई संयोजक पदबाट हटाएर देवमणी पाण्डेलाई संयोजक बनाएको सहनीले बताउनुभयो ।

रुपन्देही कार्यसमितिको शनिवार बसेका बैठकले चुनावमा स्वतन्त्र उम्मेदवार उठाएका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला र पार्टी विभाजन गतिविधिमा लागेको आरोपमा केन्द्रीय सहअध्यक्ष ह्रदयश त्रिपाठीलाई कारवाही गर्नका लागि केन्द्रलाई सिफारिश पठाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..