» » बाढीपीडित अतिविपन्न परिवारलाई रु १५ हजार राहत

काठमाडौँ, साउन ३१ गते । मन्त्रिपरिषद्को आजको बैठकले बाढीपहिरोपीडित अत्यन्त गरिब परिवारलाई प्रतिपरिवार रु १५ हजार तुरुन्त राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम गर्ने निर्णय गरेको छ । सोका लागि विभिन्न स्थानमा सहायक क्याम्प बनाएर राहत तथा उद्धार पुगे÷नपुगेको अनुगमन गरी नपुगेको ठाउँमा तत्कालै पु¥याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगको १५ दिन म्याद थप्ने सहमति यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकबाटै भइसकेको उहाँले जानकारी दिनुभयो ।

मुख्यसचिवको नेतृत्वमा कार्यदल 
चिकित्साशास्त्र अध्ययनका लागि आशयपत्र पाएका संस्था सरकारले आफ्नो स्वामित्वमा लिन चाहेमा वा लिने सक्ने सम्भावना देखिएमा सोको सम्बन्धमा नितिगत, कानुनी र प्रक्रियागत आवश्यक राय सुझाव दिन सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको नेतृत्वमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थ सचिव, सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले बताउनुभयो । कार्यदलले आवश्यकता अनुसार विज्ञको राय, सल्लाह लिन सक्नेछ ।

बैठकले डा गोविन्द केसीका माग सम्बोधन गर्न प्रक्रियागत विषय अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..