काठमाडौं, २६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्षमा नै मतदान गर्ने स्पष्ट पार्नुभकाउ छ ।
राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्ताव पारित गराउनको लागि पक्षमा नै मतदान गर्छ।’
यद्धपी उहाँले प्रस्ताव अझै अपूरो, अधुरो र अदुरदर्शी रहेको गुनासो गुर्नभयो ।
अहिलेको संशोधन विद्येयकले संविधान संशोधनको ट्रयाक भने खोलेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, मुलभुत समस्याको समाधान यो विद्येयकले गर्न सक्दैन्, त्यही कारणले हामीले फरक मत अर्थात संशोधन हालेका छौं ।’
उहाँले वर्तमान संशोधन विद्येयकलाई अझै परिमार्जन गर्नुपर्ने र पारित गराउँदा मुलुकले निकास पाउने आफूहरुको भनाई रहेको बताउनुभयो । उहाँले भन्न्ुभयो, ‘परिमाजर्नसहित प्रस्ताव पारित गरे मुलुक र जनताले निकास पाउँछन्।’
यद्धपी उहाँले यही प्रस्ताव पारित भए पनि मधेशी, आदिवासी, जनजाति, समानुपातिक–समावेशी, शासकीय स्वरुप, संघीयता लगायतका समस्या हल हुन नसक्ने दाबी गर्नुभयो । यादवले पटक पटक संविधानको कारण मुलुकमा द्वन्द्व नहोस् भनेर एकैचोटी समस्याको हल गर्नुपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजाने समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, जुन दिन हामी सरकारमा जाने आवश्यकत्ता हुन्छ, त्यही दिन जान्छौं ।’

No comments: