काठमाडौ असार २३ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज विधान तथा पार्टीको घोषणापत्रसहित आफ्नो दल निर्वाचन आयोगमा दर्ता गराएको छ ।
पार्टी विधानकै प्रस्तावनामा नै मधेशका लागि क्रान्ति गरेको तथा योगदान दिएको नेताहरुको नाम समेत उल्लेख गर्नुपर्ने विवादले पार्टी दर्ताको काम दुई दिन अवरुद्ध भएको थियो तर पछि विधानमा होइन, घोषणापत्रमा नै नेताहरुको नाम उल्लेख गर्नुपर्ने सहमति भएपछि आज पार्टी दर्ता भएको हो ।
राजपा नेपालको ३२ बुँदे घोषणापत्रमा स्व.रघुनाथ राय, स्व.रघुनाथ ठाकुर, स्व.गजेन्द्रनारायण सिंह, स्व. बाबा रामजनम तिवारीको नाम उल्लेख गरेको छ ।
आन्दोलन यात्रा तथा प्रातः स्मरण्ािय शहीदहरुको शहादतले सिन्चीत मधेश विद्रोह र मधेश आन्दोलनहरुलाई नेतृत्व गर्दै आएका दलहरुको नाम पनि उल्लेख गरेको छ ।
त्यसमा राजपा नेपाल गठन गरेका छवटा दलको नाम उल्लेख त छदैछन् त्यसमा उपेन्द्र यादवले तत्कालिन अवस्थामा नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपालको नाम पनि उल्लेख गरेको छ ।
साथै तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेश सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी तथा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) को नाम पनि घोषणापत्रमा उल्लेख छ ।
No comments: